सिम्खडाको उपन्यास ‘वराङ्गना’ सार्वजनिक

काठमाडौँ, ५ असोज । कलाकार सोबिता सिम्खडाको पहिलो साहित्यिक कृति ‘वराङ्गना’ उपन्यास सार्वजनिक भएको छ । पुस्तक विमोचन गर्नुहुँदै साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पछिल्लो समय साहित्यको क्षेत्रमा कलम चलाउने महिलाको सङ्ख्या वृद्धि भइरहेकाले एक दशकमै राम्रो उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकको समीक्षा गर्नुहुँदै साहित्यकार नवराज लम्सालले ‘वराङ्गना’ प्रेम जीवनमा आधारित समसामयिक कृति भएको बताउनुभयो । ग्रामीण परिवेशमा बोलिने भाषामा लेखिएको पुस्तक सामाजिक यथार्थता चित्रण गर्न सफल रहेको उहाँको भनाइ थियो ।

अधिकांश लेखक अरूको विचारको भरिया हुने गरेकामा सिम्खडाले स्वतःस्फूर्त रुपमा बोलीचालीमा प्रयोग हुने शब्दको उपयोग उपन्यासमा गर्नुभएको लम्सालले सुनाउनुभयो ।

कार्यक्रममा पत्रकार बबिता बस्नेत, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारी, राष्ट्रिय दलित आयोगका पूर्वसदस्य सचिव सीताराम घले परियार, लेखिका सिम्खडा लगायतले वर्तमान प्रेम जीवनलाई उपन्यासमा उतारिएको बताउनुभयो ।

सिम्खडाले दुई दर्जन नेपाली चलचित्रमा नायिकाको भूमिका निर्वाह गर्नुभएको सो अवसरमा जानकारी गराइयो ।

५ आश्विन २०७५, शुक्रबार २१:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..