पशुपतिमा नन्दिताको नखरा

काठमाडौं । पशुपति वनकालीका पण्डितहरु समेत छक्क परेछन् । कालो चश्मा, जिन्स पाइन्ट लगाएकी आधुनिक युवती बोलबम भनिरहेकी छे । कतै सिनेमाको सुटिङ त भइरहेको छैन ? छिनमै थाहा भो, यो त नायिका नन्दिता केसीको नखरा पो रहेछ । उनी पशुपतिनाथको दर्शन र पूजा गर्न सोमबार करिब १० बजे पशुपति क्षेत्र पुगेकी थिइन् । ‘सबैले मलाई हेरिहेका थिए, शुरुमा त पण्डितहरु समेत छक्क परे । तर चिनेपछि उहाँहरुले नै मलाई विशेष पूजा गर्न अग्रभागमा पुर्‍याउनुभयो,’ नन्दिताले भनिन् ।

पछिल्लो समय फिल्म पाउन छोडेकी नन्दिता फुर्सदमै छिन् । उसै पनि फुर्सदमा समय कटाउने उपयुक्त थलो मन्दिर नै रहेको उनी बताउँछिन् । सोमबार पनि ६/७ जना आफन्तसहित पशुपति पुगेकी नन्दिताले करिब दुई घण्टाभन्दा बढी समय पूजा गरेरै बिताइन् रे । अझै उनी शिवलिंग बनाउन अर्को सोमबार पशुपति पुग्नेछिन् । ‘धार्मिक काममा लाग्दा मनमा शान्ति आउँछ,’ उनको तर्क छ, ‘मैले यो काम गर्दा मिडियाले यसरी फलो गर्छ भनेर सोचेकै थिइँन ।’

चर्चामा नआउने भए फेसबुकजस्तो सामाजिक सञ्जालमा फोटो किन टाँसेको त ? फेसबुक जीवनको अभिन्न अंग भएकोले केही नसोची अपलोड गरेको नन्दिताले तर्क गरिन् ।
नन्दिता कतिसम्म धर्मभीरु नायिका हुन् भने उनले ६ वर्ष साउने सोमबारको ब्रत लिई साँगे गरेको तीन वर्ष मात्रै भएको रहेछ । बिहीबार बंगलामुखी, मंगलबार गणेश मन्दिर उनी प्रायः नटुटाई पुग्छिन् रे । पर्दामा ओझेल परेपनि मठमन्दिरजस्ता सार्वजनिक थलोमा पूजा गरेरै भएपनि उनले आफ्नो प्रचार भने गरेकै छिन् । तर उनी सिनेमा पाउन छोडेको भन्दा पनि चुजी बनेको भनेर यसको बचाउ गर्छिन् ।
Source: fimlnepal.com

९ श्रावण २०६९, मंगलवार ०३:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..