नेपाली अमेरिकन साहित्यकार नीलम कार्कीको कृति ‘योगमाया’लाई मदन पुरस्कार

काठमाडौँ, ११ भदौ । मदन पुरस्कार गुठीले अमेरिकन डाएस्पोरामा रहेर नेपाली साहित्यको अनवरत सेवा गरिरहेकी आख्यानकार नीलम कार्की निहारिकाको औपन्यासिक कृति ‘योगमाया’लाई ‘मदन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
गुठीले आज नेपाली अमेरिकन साहित्यकार कार्कीलाई रु दुई लाख रुपियाँ नगद राशिको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यस्तै ‘जगदम्बाश्री’ पुरस्कार बाल साहित्यकार तथा अनुवादक शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि पनि रु दुई लाख रहनेछ ।
गुठीका अध्यक्ष कुन्द दीक्षितले बाल साहित्यको विकास, विस्तार तथा प्रवर्द्धनमा पाँच दशकदेखि समर्पित मानन्धरलाई यस वर्ष २०७४ सालको जगदम्बाश्री अर्पण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
मदन पुरस्कारका लागि २०७४ सालमा प्रकाशित २५३ पुस्तकमध्ये उत्कृष्ट आठमा ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइँया’, नयनराज पाण्डेको ‘यार’, राज माङ्लाकको ‘लुम्बिनी गाउँ’ र मोहन वैद्यको ‘हिमाली दर्शन’ पनि परेका थिए । त्यसमध्येबाट मदन पुरस्कारका लागि विद्रोहिणी चरित्र भएकी योगमायाको जीवनीमा आधारित ‘योगमाया’ छनोट भएको गुठीद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
विसं २०१२ मा स्थापित मदन पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधातर्फ सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’ सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिर विद्युत् उत्पादक’ पुस्तकलाई अर्पण गरिएको थियो ।
विसं २०४५ मा मदनशम्शेरकी पत्नी जगदम्बाको निधनपछि उहाँको सम्झनास्वरुप जगदम्बाश्री पुरस्कार स्थापना गरिएको हो ।

११ भाद्र २०७५, सोमबार २१:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..