हिम्मतका साथ ‘बादलभित्रको घाम’ सार्वजनिक

काठमाडौँ, १८ साउन । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको निबन्धसङ्ग्रह ‘बादलभित्रको घाम’ आज सार्वजनिक गरिएको छ ।

वाङ्मय शताब्दी पुरुष ९९ वर्षीय सत्यमोहन जोशी र पाँच वर्षीया रोजिना सुनारले आज यहाँ आयोजित कार्यक्रममा कृति विमोचन गर्नुभयो । सो अवसरमा शताब्दी पुरुष जोशीले पुस्तकमा निकै विवादका कुरा रहेकाले आफूले अहिले नछपाउन लेखकलाई आग्रह गरेको जानकारी दिँदै कृति पढ्दा आफू पनि क्रान्तिकारी बनूँजस्तो लागेको बताउनुभयो ।
समालोचक प्रा डा राजेन्द्र सुवेदीले लेखकले धेरै पात्रहरुलाई हिम्मतका साथ निबन्धमा समाविष्ट गरेको बताउँदै तथ्यहरु राखेर पनि राम्रो निबन्ध बन्न सक्दो रहेछ भन्ने उदाहरण प्रस्तुत कृति रहेको विचार राख्नुभयो । प्रा डा कृष्णहरि बरालले विमोचनका अवसरमा भव्य उपस्थितिले नै कृति उत्कृष्ट रहेको प्रमाणित गर्छ भन्नुभयो ।

कार्यक्रममा शमी साहित्य प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले मीठो भाषामा लिखित पुस्तकले नेपालको राजनीतिक संक्रमणकाल चिन्न सकिने बताउनुभयो । लेखक शर्माले आफ्नो जीवनमा देखेका भोगेका कुरालाई निबन्धका रुपमा प्रस्तुत गरेको बताउनुभयो ।
शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकमा ‘पात्लेखेतदेखि मुगलानसम्म’, ‘लाहुरे जीवनः एक सपना’, ‘जिन्दगीका अक्करबाट नियाल्दै उज्यालो’, ‘गिरिजाबाबुको धाप’, ‘काठमाडौँदेखि लोमान्थाङसम्म’, ‘साझा प्रवेशको चक्कर’लगायत १८ निबन्ध छन् । सो अवसरमा मोमिला, राजेश खनाल र प्रकाश सिलवालले कृतिमा रहेका निबन्धमा अंश वाचन गर्नुभएको थियो ।

प्रतिष्ठानले रु एक लाख राशिको ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ पनि स्थापना गरेको छ । निबन्धसंग्रहको बिक्रीबाट प्राप्त हुने रकम अक्षयकोषमा राखी हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिने उहाँले जानकारी दिनुभयो । शर्माको उक्त पुस्तक पढेर प्राप्त हुने प्रतिक्रियाको अभिलेखका आधारमा गोलाप्रथाबाट तीन पाठकलाई जनही रु २५ हजारसहित सम्मान गरिने बताइएको छ ।

१८ श्रावण २०७५, शुक्रबार २३:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..