हिमवत्खण्ड सम्मिलनमा बहुभाषिक कविता र हास्य साँझ

काठमाडौँ, ३० असार । आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज बहुभाषिक कविता वाचन र हास्यव्यङ्य साँझ सम्पन्न भएको छ ।

स्वदेश र विदेशका गरी करीब ३०० साहित्यकार एवं कलाकार सहभागी सम्मिलनमा नेपाली, नेपाल भाषा, मैथिली, वान्तवा, चाम्लिङ, वाम्बुले, मगर, लिम्बू, अवधि, भोजपुरी, थारु, गुरुङ, डोटेली, संस्कृत, चेपाङ, धिमाल, माझी, अंग्रेजीलगायत भाषामा कविहरुले कविता वाचन गर्नुभएको थियो ।

राष्ट्रिय हास्यव्यङ्य कलाकारहरु मनोज गजुरेल, सीताराम कट्टेल, कुञ्जना घिमिरे, राजा राजेन्द्र पौडेल, जितु नेपाल, लक्ष्मण गाम्गानेले समसामयिक चेतनायुक्त प्रस्तुतिमार्फत मनोरञ्जन दिनुभएको थियो । उहाँहरुले नेपाली भाषा संकटमा पर्न थालेको, समाज अति आधुनिकतावादमा फसेको, नेपाली भूमि छिमेकीको अतिक्रमणमा परेका विषयलाई रोचक ढंगले प्रस्तुत गर्नुभएको थियो ।

आजै हिमवत्खण्डसम्बन्धी भाषा र संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुति र छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रिय नाचघरमा उद्घाटन गर्नुभएको सम्मिलनको आइतबार पर्यटकीयस्थल चन्द्रागिरिमा समापन हुनेछ ।

सम्मिलनमा बेलायत, जापान, भुटान, थाइल्याण्ड, रुस, फ्रान्सलगायत मुलुकका साहित्यकारको सहभागिता छ । भारतको गुवाहाटी, उत्तराखण्ड, सिक्किम, कोलकाता, हिमाञ्चल प्रदेश, देहरादुन, दार्जिलिङ, वाराणसी, विहार, सिलाङलगायत स्थानबाट साहित्यकारहरुको सहभागिता रहेको छ ।

३० असार २०७५, शनिबार २३:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..