कविता महोत्सवमा कवि बल प्रथम

काठमाडौँ, ९ असार । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा काभ्रेपलाञ्चोकका फूलमान बलको ‘इन्द्रेणी गीत’ शीर्षकको कविता प्रथम भएको छ ।

महोत्सवमा धादिङकी सुनिता खनालको ‘श्याम श्वेत फोटो’ शीर्षक दोस्रो भएको छ भने तीनजना कविका कविता तेस्रो भएका छन् । तेह्रथुमका एलिना दुलालको ‘लाहुरेकी स्वास्नी’ रामेछापका जीवन खत्रीको ‘अर्को प्यास’ र मोरङकी मेनुका चापागाइँको ‘बाटो बिराएँछु’ कविता तेस्रो भएको प्रतिष्ठानका कार्यक्रम संयोजक सन्ध्या पहाडीले जानकारी दिनुभयो ।

पुरस्कारको राशि प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ३० हजार, रु २५ हजार र रु २० हजार रहेको छ ।

प्रथम घोषित कवि बलले नेपाली समाजमा पहिचानको नाममा देखिएको द्वन्द्व, त्यसको व्यवस्थापनका विषय र समसामयिक राष्ट्रिय चासोको विषयमा आफूले कविता सिर्जना गरेकामा त्यो पुरस्कृत भएकोमा खुशी व्यक्त गर्नुभयो । कवि बल कान्तिपुर दैनिकका पत्रकार पनि हुनुहुन्छ ।

प्रतियोगी कविहरुमा विजयी कवि, कवयित्रीका अलावा सचित राई, दिलु भण्डारी, हीरा भटृ, धर्मानन्द भटृ, सीता भण्डारी कँडेल, गिरि श्रीश मगर, त्रिभूवनचन्द्र वाग्ले लगायत ३६ जना कविले कविता वाचन गर्नुभएको थियो ।

महोत्सवमा कवि वैरागी काँइला, सुलोचना मानन्धर, महेश प्रसाँई, लक्ष्मी माली, रमेश पौडयाल, आरएम डंगोल, विमला तुम्खेवा, बलराम दाहाल लगायत २१ जना अतिथि कविले पनि कविता वाचन गर्नु भएको थियो । विजयी कविहरुलाई उपयुक्त समयमा राष्ट्रपतिबाट पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

यसअघि, महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको थियो । रासस

९ असार २०७५, शनिबार २१:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..