‘मेरो सृजना ‘नदिया लहर’को साथमा यहाँहरु समक्ष उपस्थित भएको छु’

न्युयोर्क । अमेरिकन डाएस्पोराको सशक्त हस्ताक्षर नदिया लिवाङको पहिलो कविता संग्रह “नदिया लहर” न्युयोर्कमा सार्वजनिक गरिएको छ । वाणिज्यदूत एवं साहित्यकार कृष्ण कुमार क्षेत्रीले गत शनिबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा ‘नदिया लहर’ सार्वजनिक गरेका थिए ।

अमेरिकन डाएस्पोरामा रहेर विगत लामो समयदेखि नेपाली साहित्य सिर्जनाका बिभिन्न क्षत्रेमा कलम चलाई रहेकी लिवाङका फुटकर कविताहरु प्रकाशित भैसकेका छन् । नदिया लहर सार्वजनिक समारोहमा नदियाले भनिन्, ‘प्रत्येक मान्छे भित्र कविता हुन्छन् । कवितालाई कतिले शब्दमा उतार्छन् त कतिले आफैभित्र लुकाउछन । फरक यति हो मैले देखेको र भोगेको अनुभूति ‘नदिया लहर’ बोकेर यहाँहरु समक्ष उपस्थित भएको छु ।’

वाणिज्यदूत एवं साहित्यकार क्षेत्रीले “नदिया लहर”मा समावेश कविताहरुको समिक्षा गर्दै भने, ‘साहित्यकार लिवाङका कविताहरुमा अत्यन्तै मन छुने भावहरु समेटिएको छ ।’

४ असार २०७५, सोमबार २२:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..