सञ्चारकर्मी अधिकारीको ‘आधा आकाश’ बजारमा

काठमाडौँ, २६ जेठ । सञ्चारकर्मी प्रवेश अधिकारीको पहिलो उपन्यास ‘आधा आकाश’ बजारमा आएको छ । चितवनमा लामो समय रेडियो प्रस्तोताको रुपमा काम गरी अध्ययनका लागि बेलायत पुग्नुभएका लेखक अधिकारीले लेख्नुभएको २२३ पृष्ठ लामो उपन्यासमा विद्यार्थी भिसामा बेलायत पुगेका युवायुवतीको भोगाइ र प्रेमकथा समेटिएको छ ।

सोसाइटी मिडियाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रा डा तुलसी भट्टराई, वरिष्ठ साहित्यकार डा बेञ्जु शर्मा, कवि विप्लव प्रतीक, साहित्यकार वियोगी बुढाथोकी, पत्रकार नकुल अर्याल लगायतले उपन्यासको संयुक्त विमोचन गर्नुभएको थियो ।

प्रमुख अतिथि एवं वरिष्ठ साहित्यकार डा तुलसी भट्टराईले उपन्यासको भिडमा बेग्लै शैली र कथालाई ‘आधा आकाश’ ले प्रस्तुत गरेको बताउँदै विदेश जाने युवायुवतीको कथा समेटिएको उक्त कृति लेखनमा दार्शनिक प्रयोग पनि गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–“युवा पुस्ताले आधा आकाश पढ्नैपर्छ, अरुले छुटाउनुहुन्न ।”

साहित्यकार डा बेञ्जु शर्माले उपन्यासमा रहेका पात्रले पाठकलाई प्रेमानुभूति गराउने बताउँदै उपन्यास क्षेत्रमा ‘आधा आकाश’ सशक्त कृतिको रुपमा रहेको बताउभयो । कवि विप्लव प्रतीकले ‘आधा आकाश’ ले नयाँ तथा पुराना सबै खाले पाठकलाई न्याय गर्ने र युवा पाठकका लागि ‘आधा आकाश’ पठनीय हुने बताउनुभयो ।

साहित्यकार वियोगी बुढाथोकीले ‘आधा आकाश’ का लेखकबाट यस्तै सशक्त कृतिको अपेक्षा गरेको भन्दै पाठकका लागि उत्कृष्ट उपन्यास बजारमा प्रवेश गरेको बताउनुभयो ।

सोसाइटी मिडियाका अध्यक्ष नकुल अर्यालले कृतिले सञ्चारकर्मीका रुपमा रहेका लेखकको परिचय मात्रै नभइ उपन्यासको चालु बजारको गति पनि बदल्ने बताउनुभयो ।

२६ जेष्ठ २०७५, शनिबार २१:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..