‘दर्नाल अवार्ड’ सरस्वती नेपालीलाई

काठमाडौँ, जेठ २५ (रासस)ः यस वर्षको ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय ‘दर्नाल अवार्ड’ बैतडीकी अभियन्ता सरस्वती नेपालीलाई प्रदान गरिने भएको छ ।

दलित समुदायका लागि सामाजिक न्यायको क्षेत्रमा सरस्वतीले पु¥याएको योगदानको मुल्यांकन गर्दै सन् २०१८ को अवार्ड उहाँलाई प्रदान गर्न लागिएको सरिता परियार ट्रष्ट फण्डले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

आगामी अगष्ट १५ मा रु पाँच लाख राशिको उक्त अवार्ड प्रदान गरिने ट्रष्टकी अध्यक्ष सरिता परियारले बताउनुभयो ।

बैतडीकी सरस्वतीले सुदूरपश्चिम क्षेत्रमा रहेर लामो समयसम्म सामाजिक विसंगति, अन्यायविरुद्ध न्यायका लागि संघर्ष गर्दै आउनु भएको छ ।

‘सामाजिक न्यायका लागि अन्तराष्ट्रिय दर्नाल अवार्ड’ सामाजिक रूपान्तरणका लागि सामाजिक अगुवा सुभास दर्नालको सम्झनामा स्थापित अन्तर्राष्ट्रियस्तरको पुरस्कार हो ।

२५ जेष्ठ २०७५, शुक्रबार १९:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..