‘उत्तम शान्ति पुरस्कार’ शर्मालाई

काठमाडौँ, १२ जेठ । विसं २०७४ को ‘उत्तम शान्ति पुरस्कार’ गैरआख्यानकार दीनानाथ शर्मालाई प्रदान गरिएको छ । ताम्रपत्र र नगद रु ५० हजार राशिको यो पुरस्कार विसं २०४४ देखि प्रदान गरिँदै आइएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीमा प्राप्त गैरआख्यानका साहित्यिक कृतिमध्येबाट छनोट समितिले निर्णय गरेका व्यक्तिलाई पुरस्कार दिइन्छ । शर्मालाई ‘बाह्रखरीको बोटमुनि’ कृतिका लागि यो पुरस्कार दिइएको हो ।

पुरस्कार ग्रहण गरेपछि पूर्वमन्त्री एवं राष्ट्रियसभाका सदस्य शर्माले जीवनको उत्तराद्र्धको समय पूर्णरुपमा साहित्य क्षेत्रमै बिताउने बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कुँवर विशिष्ट सोच भएको साहित्यिक पत्रकारका रुपमा स्थापित हुनुभएको सुनाउनुभयो ।

कुँवरले विसं २०१७ को राजनीतिक परिवर्तनपछि ‘रुपरेखा’ नामक साहित्यिक पत्रिका शुरु गर्नुभएको उहाँले सुनाउनुभयो । कार्यक्रममा वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठी, प्रा गोपीकृष्ण शर्मा, गुठीका अध्यक्ष डा पार्थिवेश्वर तिमल्सिना, सचिव ठाकुरप्रसाद पराजुली, कोषाध्यक्ष सुदीप ठाकुरलगायतले स्वर्गीय कुँवरले साहित्यिक पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो ।

स्व कुँवरलाई ’स्रष्टा र साहित्य’ नामक कृतिका लागि मदन पुरस्कारसमेत दिइएको सो अवसरमा जानकारी गराइयो । उहाँको निधनपछि श्रीमती शान्ति कुँवरले रुपरेखालाई निरन्तरता दिनुभएको थियो ।

१२ जेष्ठ २०७५, शनिबार २२:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..