अनेसास लस एन्जलसद्दारा भानु जयन्ती तथा सम्मान कार्यक्रम सम्पन्न

गोकुल ढकाल, लस एन्जलस, अमेरिका । अन्तरास्ट्रिय नेपाली साहित्य समाज लस एन्जेलस च्याप्टरले आदिकवि भानुभक्त आचार्यको १९९औँ जन्म जयन्तीको अवसरमा अमेरिका क्यालिफोर्निया राज्यको लस एन्जेलस काउन्टीको आर्टेसिया नगरीको हबेली रेस्टुरेन्टमा गत १६ जुलाई, २०१२, सोमबरका दिन भव्य कार्यक्रम सम्पन्न गरेको छ ।
लस एन्जलस क्षेत्र वरपर बसोबास गर्ने नेपाली समुदायका करिब २५० साहित्यप्रेमीहरूको भब्य उपस्थिती रहेको नेपाली साहित्यको प्रथम बिशाल कार्यक्रममा उपस्थितहरूलाई समाजका सदस्य शान्तिराम ढकालले स्वागत गर्नुभएको थियो । अनेसास लस एन्जलस च्याप्टरका अध्यक्ष गोकुल पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बरिश्ठ समाजसेवी तथा अनेसासका आजीवन केन्द्रिय सदस्य श्री वेद भक्त जोशीले प्रमुख अतिथिको आसान ग्रहण गर्नुभेको थियो ।
प्रमुख अतिथिको आसन ग्रहण पश्चात यस क्षेत्रमा सक्रिय श्री पशुपतिनाथ फाउन्डेशनका अध्यक्ष भक्त थापा, नेपाल अमेरिका एकता समाजकी अध्यक्ष उमा कार्की थापा, नेवा समाजका अध्यक्ष दिल बहादुर श्रेष्ठ, मगर समाज, लस एन्जलसका अश्यक्ष बखान थापा, ए एन एस, लस एन्जलसका अध्यक्ष रबिन्द्र प्रधान, बौद्धिक संसारका अध्यक्ष बलराम थापा लगायतले अतिथिको आसन ग्रहण गरेपश्चात आदिकवी भानुभक्तको तस्विरमा माल्यार्पण गरिएको थियो । बाल कलाकार रोहण पान्डेले कोर्नुभएको भानुभक्तको सुन्दर तस्विरले कार्यक्रमको शोभा भढाएको थियो ।
कार्यक्रममा समाजका सल्लाहकार पन्डित बिष्णु पौडेलले कार्यक्रम आयोजना र आदिकवीको जिवनीबारे प्रकाश पार्नुभएको थियो । स्थानिय स्रस्टाहरू समाजकी उपाध्यक्ष शुशिला पान्डे न्यौपाने, सह-संयोजक डन बहादुर कार्की, सदस्य शान्तिराम ढकाल, महासचिब गोकुल ढकाल, सचिब तिलक कार्की, सदस्य प्रकाशचन्द्र घिमिरे, सदस्य प्रेम गुरागाइं, सल्लाहकार बिष्णु पौडेल साथै शेखर पौडेल, बिमल गुरागाइं एबम बाल साहित्यप्रेमीहरू दर्शना पान्डे, स्मरण पौडेल, स्मारिका पौडेल लगायतले आ-आफ्न रचनाहरू वाचन गर्नुभएको थियो ।
यस क्षेत्रमा बिभिन्न बिषयमा बिश्वबिद्धालयबाट ग्र्याजुयसन गर्नुहुने नेपाली बिद्धार्थीहरूलाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको थियो । यसअगाडी यस ग्रेटर लस एन्जलसमा सामुदायिक केन्द्र, भगवान पशुपतिनाथको मन्दिर, बुद्ध स्तुपा र नेपाली बाल स्कुल स्थापनाको अन्तिम चरणमा पुगेको श्री पशुपतिनाथ फाउन्डेशनले गत बर्ष आयोजना गरेको महापुराणमा पच्चिस हजार डलर भन्दा माथी दान गर्नुहुने दान-दाताहरूलाई सम्मान गरिएको थियो । ३० बर्षको ए एन ए स्थापनाको इतिहासमा प्रथम पटक सहभागी भएर पुरुष भलिबल टीममा सर्बप्रथम हुन सफल स्थानिय लस एन्जलस भलिबल टीमलाई तथा बिगत धेरै बर्षदेखी ए एन एमा फुटबल खेल्दै आएको एल ए ११ फुटबल टीमलाई पनि सम्मान गरिएको थियो ।
प्रमुख अतिथि बेद भक्त जोशीले हस्तान्तरण गर्नुभएको सम्मान तथा प्रशंशा पत्रमा आ-आफ्नो क्षेत्रबाट नेपाली संस्क्रिती, परम्परा, भाषा र साहित्यमा पुर्याइएको सहयोगको प्रशंशा गरिएको छ । १९९ औं भानु जन्म जयन्तीको उक्त कार्यक्रममा सम्मानित खेलाडीको तर्फबाट एम भी पी गंगा बहादुर बस्नेत र बिद्धार्थीको तर्फबाट चन्द्र सापकोटाले आ-आफ्ना बिचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमकी आकर्षण ख्यातिप्राप्त गायिका नलिना चित्रकारलाई अनेसासले लस एन्जलसमा प्रथम पटक सार्वजनिक सम्मान गरेको थियो । कार्यक्रममा सहभागीहरू रचनाकारहरूलाई प्रशंशा-पत्र प्रदान गराएपछि कार्यक्रमका सभापति गोकुल पौडेलले कार्यक्रमको समापन गर्नुभएको थियो ।
समाजका महासचिव गोकुल ढकालले संचालन गरेको कार्यक्रममा उपस्थित साहित्यप्रेमी सहभागीहरूको सम्मानमा नि:शुल्क रात्री भोजको आयोजना गरिएको थियो । मिठो स्वरकी धनी गायिका नलिना चित्रकारले कार्यक्रमको अन्तमा प्रस्तुत गर्नुभएको आफ्ना सुमधुर संगितको कोशेली सामु झुम्मिएका साहित्यप्रेमीहरूको सरिकतालाई समाजले धन्यबाद ज्ञापन गरेको छ ।

४ श्रावण २०६९, बिहीबार ०४:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..