१९९ औ भानु जयन्ति र अनेसासको २१औ साधारण सभा सम्पन्न

गिता खत्री, फ्लोरिडा । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को एक्काइसौं वार्षिक साधारण सभा, १९९ औं भानुजयन्ती समारोह तथा नब-निर्बाचित कार्यकारिणी समितीका पदाधिकरीहरुको सपथ ग्रहण कार्यक्रम यही जुलाई १४, २०१२ मा वेष्ट पाल्म बीच, फ्लोरिडा (अमेरिका) मा भब्यताकासाथ सुसम्पन्न भयो । अनेसास, फ्लोरिडा च्याप्टरको संयोजकत्वमा सम्पन्न भएको साधारण सभाको पहिलो चरणमा अनेसास, कार्यकारीणी समिती तथा बोर्ड अफ ट्रस्टीका वार्षिक प्रतिबेदनहरु प्रस्तुत गरिएको थियो । वार्षिक साधारण सभाको उद्घाटन अनेसास अध्यक्ष श्री ज्ञानेन्द्र गदाल तथा अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष श्री होमनाथ सुबेदीले गर्नु भएको थियो । साथै, कार्यक्रममा बिभिन्न भाषा तथा साहित्यप्रेमी स्रस्टाहरुले कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो ।
अनेसास, फ्लोरिडा च्याप्टरले आयोजना गरेको उक्त समारोहमा अनेसास, निर्वाचन आयोग २०१२ को तर्फबाट सदस्यव्द्य श्री बिमल नेपाल तथा श्री धनीराम सापकोटाले निर्वाचनको नतिजा तथा बिजयी पदाधिकारीहरुको नामाबली उद्घोषण गर्नुको साथै उहांहरुलाई पद अनुसारको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा नब-निर्बाचित अध्यक्ष श्रीमती गीता खत्रीले प्रमुख निर्वाचन आयुक्त श्री एच्. बी. भण्डारी एबं आयोगका सदस्यहरु लगायत मतदाताहरु तथा सम्पूर्ण साहित्य प्रेमी महानुभाबहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै अध्यक्ष श्रीमती खत्रीले नब-निर्वाचित कार्यकारीणी समितिलाई सहयोग र बधाई प्रदान गर्ने सम्पूर्ण महानुभाबहरु, संघ-संस्थाहरु तथा समारोह संयोजक फ्लोरिडा च्याप्टरका अध्यक्ष श्री कृष्ण श्रेष्ठ लगायत च्याप्टरका अन्य साथीहरुलाईलाई धन्यवाद दिनु भएको थियो । अनेसासको नव-निर्वाचित कार्यकारीणी समितिलाई उत्तर अमेरिकी साहित्य प्रतिस्ठानको तर्फबाट श्री सुन्दर जोशीले र विश्व साहित्य महासंघको तर्फबाट संघका उपध्यक्ष श्री गोबिन्द गिरी ‘प्रेरणा’ले बधाई ज्ञापन गर्नुभएको थियो । उहांहरुले अनेसास नयाँ कार्यसमितिले आगामी दिनहरुमा बिभिन्न समस्याहरु समाधान गर्दै जानुपर्ने र

त्यसको लागि शुभकामना समेत दिनु भयो । त्यसैगरी, नयाँ कार्यसमितिलाई अनेसास, फ्लोरिडा च्याप्टर, डी. सी. च्याप्टर, ह्युस्टन च्याप्टर, कोलोराडो च्याप्टर, नासा (नेप्लिज एसोसिएसन इन साउथ वेष्ट अमेरिका ), फ्लोरिडा एसोसिअसन अफ नेपाली सोसाइटीज (फ्यान्स) फ्लोरिडा नेपाल एसोसिअसन आदी संस्थाहरुले बधाई ज्ञापन गरेका थिए । कार्यकारीणी समितिको तत्कालिन तथा दीर्घकालिन कार्य योजनाहरु तथा तीसंग सम्बन्धित समितिहरुको बारेमा प्रस्तुती अनेसास क्षेत्रीय उपाध्यक्ष ( उत्तर अमेरिका र ल्याटीन अमेरिका ) डा. बिद्याराज सुबेदीले गर्नुभएको थियो भने आगामी दुइबर्षे कार्यकालको संक्षिप्त मार्ग चित्र महासचिब श्री पदम विश्वाकर्माले गर्नुभएको थियो ।
उक्त कार्ययोजनाहरु तथा मार्ग चित्र साधारण सभाले सर्बसम्मतिबाट पारित गरेको थियो । कार्यक्रममा निबर्तमान अनेसास अध्यक्ष श्री ज्ञानेन्द्र गदालले बर्तमान अध्यक्ष श्रीमती गीता खत्रीलाई सांकेतिक चिन्ह स्वरुप सरस्वतीको मूर्ती प्रदान गर्नु भएको थियो भने गीता खत्रीले निबर्तमान अध्यक्ष श्री गदालज्यूलाई दुई बर्षे सफल कार्य कालको निम्ति प्रसंसापत्र प्रदान गर्नुभएको थियो । समारोहमा अनेसासका नयाँ आजीबन सदस्यहरुलाई निबर्तमान अध्यक्षले सदस्यताको प्रमाणपत्र बितरण गर्नुभएको थियो । साथै, यस कार्यक्रममा अनेसास, केन्द्रिय कार्यालय र फ्लोरिडा च्याप्टरको बीचमा एक सम्झौता पत्रमा पनि हस्ताक्षर गरियो जस अनुसार नेपाली पाठशाला संयोजन तथा बिस्तार समितिको नेत्रित्व केन्द्रिय कार्यालयको तत्वबधानमा फ्लोरिडा च्याप्टरले गर्नेछ ।
समारोहमा नेपाली भाषा र साहित्यमा आदि कबि भानुभक्त आचार्यको योगदान बारे चर्चा गरिनुको साथै बिभिन्न कबि- कवयित्रीहरुले आ-आफ्नो कबिता बाचन गर्नु भएको थियो । साथै, बिभिन्न नेपाली भाषा, साहित्य, संस्कृति, संगित तथा कला प्रेमीहरुको विशेष उपस्थिती रहेको उक्त समारोहमा अनेसास, फ्लोरिडा च्याप्टर पाठशालाका बालबालिकाहरुले नेपाली गीत तथा न्रित्य प्रस्तुत गरेका थिए भने हास्य कलाकार श्री मनोज गजुरेल लगायत अन्य कलाकारहरुले हास्यब्यंग, गीत तथा नृत्य प्रस्तुत गरेका थिए । १९९ औं भानु जयन्ती तथा एक्काइसौं वार्षिक साधारण सभा अनेसास फ्लोरिडा चाप्टरको आयोजनामा भब्यरुपमा सम्पन्न भएकोमा सहभागी एबं अतिथिहरुले फ्लोरिडा चाप्टरको बिशेष प्रंसशा गर्नु भएको थियो ।

२ श्रावण २०६९, मंगलवार १९:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..