साहित्यकार फुलाराको ‘टुहुरो कुण्डली’ सार्वजनिक

काठमाण्डौं । साहित्यकार भीष्म फुलारालिखित उपन्यास ‘टुहुरो कुण्डली’ सार्वजनिक गरिएको छ । राजधानीमा शनिबार पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले पुस्तक विमोचन गरे । विमोचनपछि पुस्तकबारे रेग्मीले टिप्पणी गर्दै भने, ‘टुहुरो कुण्डली निकै मर्मस्पर्शी रहेछ, समाजको यथार्थ उतारिएको रहेछ ।’ पुस्तकमा उठाइएका मुद्दाले समाजलाई न्याय गरेको मेरो बुझाइ छ, उनले भने
लेखक फुलाराले उपन्यास शोककाव्यजस्तो लागे पनि दार्शनिक पक्षलाई आकर्षक रूपले उठाउन कोसिस गरेको बताए । सामाजिक संवेदना स्खलित हुँदै गइरहेको विश्वपरिवेशमा उपन्यासले करुणा, दयामाया, सद्भाव र सहानुभूतिजस्ता मानवीय संवेदना उठान गरेको महसुस पाठकले गर्ने उनको अपेक्षा छ ।
कार्यक्रममा अन्तर्रा्ष्ट्रिय लेखक संघ नेपालका अध्यक्ष रामकुमार पाँडे, वरिष्ठ साहित्यकार मित्रबन्धु पौडेल, साहित्यकार सुमी लोहनीलगायतले टुहुरको कुण्डलीबारे टिप्पणी गरेका थिए । साहित्यकार हेमाङ्गराज गिरीको स्वागत तथा सिखर नेपालका अध्यक्ष सेखर खनालको अध्यक्षतामा भएको कार्यक्रमको जिपी तिमल्सीनाले संचालन गरेका हुन ।

१४ कार्तिक २०७४, मंगलवार ०६:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..