आज देखि आप्रवासीहरुको सामाजिक संजालमा हुने गतिविधि माथि निगरानी सुरु

लसएन्जलस, १ कात्तिक । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा बसोवास गरिरहेका आप्रवासीहरुको सामाजिक सञ्जालका गतिविधिहरु अनुमगन र निगरानीमा राख्ने कार्य सुरु गरेको छ । फेडरल रजिष्टरमा प्रकाशित पछिल्लो सूचना अनुसार अमेरिकामा स्थाई बसोवासको अनुमति प्राप्तआप्रवासी, अमेरिकी नागरिकता प्राप्त व्यक्ति र यहाँ बसोवास गर्ने सबैखाले आप्रवासीका सामाजिक सञ्जालका गतिविधिहरु अनुगमन र निगरानीमा राख्ने नयाँ नीति लागु गरेको हो । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको यो नयाँ नीति आज अक्टोबर १८ बाट लागु हुनेछ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको नयाँ नीति अनुशार आप्रवासीका सामाजिक सञ्जालहरु, उपनामहरु, सम्बन्धित पहिचान योग्य जानकारीहरु र इन्टरनेटमा खोजी गरिएका अन्य खोजी परिणामहरु समेत संकलन गरिने भएको छ । नयाँ नियम अनुशार आप्रवासीहरुसँग सामाजिक सञ्जालको प्रयोग गरेर कुराकानी गर्ने अमेरिकी नागरिकहरु समेत निगरानीमा पर्ने छन् ।

पछिल्लो पटक जारी गरिएको फेडेरल रजिष्टरमा प्रकाशित सुचनालाई संसोधित गोपनियता ऐन रेकर्ड प्रणाली नाम दिइएको छ । गोपनियता ऐन १९७४ अनुशार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले वर्तमान रेकर्ड प्रणालीमा सुधारको प्रस्ताव गरेको हो । अमेरिकी सरकारसँग आप्रवासीको एलियन फाइल अर्थात् ए फाइल हुनेगर्छ । यो फाइल राख्ने प्रणाली सन् १९४४ को अप्रिल १ बाट सुरु गरिएको हो । यसअगाडि अमेरिकी निकायसँग व्यक्तिका एकभन्दा धेरै फाइलहरु हुने गर्थे । अमेरिकी सरकारले अध्यागमन फाइललाई सजिलो र चुस्त दुरुस्त राख्न आप्रवासीलाई एलियन नम्बर समेत दिने गरेको छ । यो फाइलमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले व्यक्तिका लाभको निर्णय, अध्यागमन उल्लंघनबारेको अनुसन्धान, कारवाही लगायतका विवरणहरु राख्दै आएको छ । अब यो फाइलमा व्यक्तिका सामाजिक सञ्जालहरु, उपनामहरु, सम्बन्धित पहिचान योग्य जानकारीहरु र इन्टरनेटमा खोजी गरिएका अन्य खोजी परिणामहरु समेत संकलन गरेर राख्ने तयारी गरिएको हो ।

नयाँ नियम अनुसार एलियन फाइल अनलाइन र कागजी दुबै रुपमा अमेरिकी सरकारले राख्न सक्ने प्रावधान छ । जसमा एलियन फाइलमा भएका रेकर्ड, इलेक्ट्रोनिक इमिग्रेशन सिस्टमबाट प्राप्त व्यक्तिका सबै रेकर्डहरु, व्यक्तिले इमिग्रेशन अदालतहरु लगायतका निकायमा पेश गरेका सबै कागजातहरु, युएससीआईएस, आइस, सीबीपी लगायतसँग सम्बन्धित कागजातहरु समेत पर्ने छन् ।

यस नियम अन्तर्गत डीएचएस, युएससीआईएस, आइस, सीबीपी ००१ एलियन फाइल अपडेट गर्ने तयारी गरिरहेको छ । यो नयाँ प्रणालीले ग्रिनकार्ड प्राप्त गरेका व्यक्ति, अमेरिकी नागरिकता प्राप्त गरेका व्यक्ति, अध्यागमन सुविधाका लागि आवेदन दिनेहरु, इमिग्रेशन एण्ड नेशनालिटी एक्ट अन्तरगत सुविधा प्राप्त सबै व्यक्ति लगायतलाई समेट्नेछ । त्यो बाहेक राष्ट्रिय सुरक्षामा खतरा रहेका व्यक्ति लगायत अन्य कैयनका विवरणहरु समेत संकलन गरिनेछ ।

१ कार्तिक २०७४, बुधबार २२:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..