एनआरएनए उपाध्यक्षमा खगेन्द्र जीसी र क्षेत्रीय संयोजकमा गौरी जोशीको उम्मेदवारी

सिसृक्षा ढकाल, काठमाडौं, ३० असोज । गैर आवासीय नेपाली संघ, (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पदका लागि अमेरिकाका चर्चित कानुन ब्यावसायी खगेन्द्र जीसीले औपचारिक रुपमा उम्मेदवारी दर्ता गराएका छन् । जीसीले आइतबार निर्धारित समय सुरु भए लगत्तै निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी समक्ष उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आइतबार अपरान्ह ३:०० बजेदेखि विहान ८:०० बजे सम्मको समय निर्धारण गरेको थियो ।

नेपाल सरकारका लागि गैर आवासीय नेपाली मामला सल्लाहकार समेत रहेका जीसी संघको अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको नागरिकता निरन्तरता सम्बन्धि कार्यदलका सह संयोजक हुन् । यस अघि जीसी सन् २०१४ मा एनआरएन अमेरिकाको पहिलो निर्वाचनद्वारा अध्यक्षमा निर्वाचित भएका थिए ।

जिसीसंगै संघका क्षेत्रीय संयोजक सोनाम लामाले समेत सोहि पदमा आफ्नो उमेदवारी दर्ता गराएका छन् भने संघको क्षेत्रीय संयोजकका लागि टेक्सास निवासी गौरी जोशी, संघका बर्तमान क्षेत्रीय सह-संयोजक एसी शेर्पा, श्री पराजुली र क्षेत्रीय सहसंयोजक पदका लागि संघका अमेरिकास्थित पूर्व अध्यक्ष शिवकुमार राई, शंकर खड्का र दिल श्रेष्ठले र सह कोषाध्यक्ष पदमा डिल्ली भट्टराईले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।

काठमाडौंमा जारी एनआरएनको आठौं विश्व सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएकाले नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउने क्रम चलिरहेको छ । आज सोमबार विहान ९: ०० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ । बिहान ९:३० बजे देखि १०:०० बजेसम्म उम्मेदवारको मनोनयन उपर दावी विरोध गर्न सकिनेछ । उम्मेदवारी फिर्ता लिने समय र छानविनको लागि भोलि विहान साढे ११:०० बजेसम्मको समय तोकिएको छ । आज सोमबार १२:०० बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ ।

त्यसपछि आज सोमबार दिउसो १:०० बजेदेखि साँझ ६:०० बजेसम्म मदतान हुनेछ । मतदान सम्पन्न भएको १ घण्टा बिते लगत्तै मतगणना गरिनेछ र आज सोमबार बेलुका ८:०० बजे अन्तिम मतपरिणाम घोषणा गरिनेछ ।

२९ आश्विन २०७४, आईतवार २३:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..