नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठानको आयोजनामा सिड्नीमा १९९ औं भानु जयन्ती सम्पन्न

जानकी पौडेल, सिड्नी । नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठानको आयोजनामा गत ८ जुलाई आइतवार का दिन सिड्नीको ग्रेनभिलमा १९९ औं भानु जयन्तीको अवसरमा साहित्य गोष्ठी सम्पन्न भएको छ । प्रतिष्ठानकी अध्यक्ष जानकी पौडेलले सभापतित्व गर्नु भएको उक्त कार्यक्रममा बिभिन्न कवी तथा सर्जक हरुले कविता तथा गजल वाचन गर्नुभएको थियो । सर्जकहरु सिमा रोशी, लोक कडेँल, ज्वाला विष्ट, ममता तिवारी, सञ्जिव पाण्डे, सुजता के सि, प्रदीप चपागाइ, जितेन्द्र मल्ल, प्रतिज्ञा अधिकारी, मुकुन्द खनाल, सुमित्रा विष्ट, निरज जोशी लगायतले कविता तथा गजल वाचन गर्नुभएको थियो । बालवलिकाहरुबाट प्रस्तुत गरिएको नेपाली राष्ट्रिय गान्- “सयौ थुङगा फुलका हामी एउटै माला नेपाली” बाट सुरुवात गरिएको उक्त कार्यक्रम, कार्यक्रमका प्रमुख अतिथी नेपालीवाट पल्नुभएका चितवन साहित्य परिषदका अध्यक्ष श्री अच्युतभक्त वाग्लेबाट दियो प्रज्वलन गरी कार्यक्रमको उद्द्घाटन गरिएइको थियो ।

नेपाली हिन्दू समाजका पुजारी पण्डित प्रकाश ढोडारीले रामायण वाचन गर्नु भएको थियो भने प्रतिष्ठानका उपाध्यक्ष त्रीलोचन ढकालले आदिकवी भानुभक्तबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रतिष्ठानका सदस्य लोक कंडेलले प्रतिष्ठानको हिजो, आज र भोलीका गतिविधीवारे जानकारी गराउनुभएको थियो । सधै झै यो वर्ष पनि १९९ औं भानु जयन्तीको अवसरमा बिदेशमा रहेर पनि नेपाली कला संस्कृती र साहित्य को क्षेत्रमा योगदान पुराउनु हुने कवी तथा कलाकारहरुलाई भानु पुरस्कार प्रधान गरेको थियो । कार्यक्रममा ‘भानु साहित्य पुरस्कार २०१२’ बाट युवा साहित्यकार प्रदिप चापागाईंलाई सम्मानित गरिएको थियो । चापागाईंका दुई साहित्यिक कृतीहरु प्रकाशन भएका छन् । यस्तै कलातर्फ गायक विदुर ढुंगेल सम्मानित हुनु भयो । ढुंगेलले थुप्रै सांगितिक एल्बमहरु बजारमा ल्याईसक्नुभएको छ । पुरस्कार राशी २५१ अष्ट्रेलियन डलर रहेको छ ।

कार्यक्रममा चितवन साहित्य परिषदका अध्यक्ष अच्युतभक्त वाग्ले, एनआरएन अष्ट्रेलिया अध्यक्ष गणेश के सी, एनआरएन आईसिसी सदस्य तथा समाजसेवी इन्द्रा वन, जिएनसीका अध्यक्ष डा. नारायण प्रधान, तमु समाज का अध्यक्ष देव गुरुङ, नेपाली अदिवासी जनजाती मन्च का प्रतीनिधी लगायत अन्य अतिथि रहनु भएको थियो ।
नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाकी अध्यक्ष जानकी पौडेलले भानुभक्तको जन्मजयन्ती मनाउनुको औचित्य प्रकाश पार्दै, भानुभक्त सम्ब्न्धी भएको केहि अनुसन्धात्मक बिषयहरुलाई कोट्याउदै, साहित्यकार तथा कवी सर्जक हरुलाई बिभिन्न जनजातिका भाषा र साहित्यको खोजी गर्नु पर्ने आवस्यकतामा जोड दिनुभयो। १०० भन्दा बढी जनसहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न पत्रकारहरुको पनि बाक्लो उपस्थिती रहेको थियो भने कार्यक्रममा प्रतिष्ठानका सद्स्यह्ररु द्वय सुरेन्द्र दवाडी र पूनम लामिछानेले सञ्चालन गर्नु भएको थियो ।

उक्त कार्यक्रम सफल पार्न सहयोग पुर्याउनुहुने सबैलाई प्रतिष्ठान अष्ट्रेलियाकी अध्यक्ष जानकी पौडेलले स धन्यवाद प्रदान गर्नु भयो । कार्यक्रममा पुरस्कारको रकम मिस ईन्द्र बन र द नेपाली टाईम्स अष्ट्रेलियाका तर्फबाट सजौन्य प्राप्त भएको थियो भने म्युजिक साउन्ड सिस्टम- शंकर कोईराला, गुइल्द्फोर्दबाट र स्थान उनिक इन्टेर्न्याश्नल कलेज बाट प्राप्त भएको थोयो । कार्यक्रममा कस्ठमान्दुब रेस्टुरेन्टबाट खाजा बितरण गरिएको थियो । साहित्यका आनुरागी र कलाकारको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रमवाट सबैले भरपुर मनोरन्जन लिएक थिए।

२८ असार २०६९, बिहीबार १८:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ । प्रदर्शनको क्रममा..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..

बाइडेनद्वारा आफ्नो प्रशासनमा रहने ६ व्यक्तिको नाम सार्वजनिक

न्यूयोर्क । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका..