डा केसीका मागबारे भोलि पनि वार्ता हुने

काठमाडौँ, १३ साउन । चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुनुपर्ने माग गर्दै अनसनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ताटोलीबीच आज भएको वार्ता भोलि पुनः वार्ता गर्ने गरी सकिएको छ ।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज भएको वार्ता सकारात्मक भएको बताउँदै मन्त्रालयले डा केसीका माग संसद र विश्वविद्यालयसँग सम्बन्धित भएकाले सो निकायसँग समेत छलफल गरी शनिबार पुनः वार्ता गरिने जनाएको छ ।

डा केसीले अनसन प्रारम्भ गरेपछि सरकारले शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित वार्ता टोली बनाएको थियो ।

सरकारले वार्ता टोली बनाएलगत्तै बिहीबार बेलुका वार्ता टोलीले अनसनरत डा केसीलाई भेट गरी आज वार्ता गरेको हो । रासस

१३ श्रावण २०७४, शुक्रबार २२:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

जवान कुटपीटको छानवीन गर्न ‘कोर्ट अफ इन्क्वाइरी’ गठन

काठमाडौँ । नेपाली सेनाका जवानलाई यूएन शान्ति मिसनमा कुटपीट भएको तस्वीर सामाजिक सञ्जालमा भाइरले भएपछि सैनिक जंगी अड्डाले छानवीन..

६५ देशका राष्ट्रगान गाउने नेपाली

कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुनुहुन्थ्यो । चीनको वुहानबाट कोरोना..

कोरोना संक्रमणबाट झण्डै २० लाख मानिसको मृत्यु हुन सक्छ : डब्लुएचओ

जुरिच । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले कोरोना भाइरसको संक्रमणका कारण झण्डै बीस लाख मानिसको मृत्यु..

लोक सेवा आयोगका स्थगित परीक्षा कात्तिकदेखि सुरू हुने

काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षा लोक सेवा आयोगले आगामी महिनादेखि सुचारु गर्ने भएको छ..

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका..