चिकित्सा शिक्षा क्षेत्रको अनियमितता बिरुद्ध आन्दोलन गर्दै आएका डा. गोविन्द केसी ११औं पटक अनसनमा

सिसृक्षा ढकाल, काठमाडौँ, १० साउन । नेपालको चिकित्सा शिक्षा क्षेत्रमा भएको अनियमितता बिरुद्ध निरन्तर अहिंसात्मक आन्दोलन गर्दै आएका वरिष्ठ हाडजोर्नी विशेषज्ञ एवं प्रा.डा. गोविन्द केसीले सरकारले आफुसंग गरेको सम्झौता पुरा नगरेको भन्दै ११औं पटक अनसन सुरु गरेका छन् ।

डा. केसीले सरकारले आफूसँग गरेको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनको विधेयक संसदमा पुगेको एक वर्ष हुँदा पनि पारित नगरिएको भन्दै सोमबार शिक्षण अस्पताल हातामा पत्रकार सम्मेलन आयोजना गरि ११ औ पटक अनसन सुरु गरेको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा डा. केसीले भने, ‘सम्झौता कार्यान्वयनका लागि ३१ असारको अल्टिमेटम दिए पनि सरकारले माग पूरा नगरेकाले अनशन बस्न बाध्य भएको हुँ ।’ उनले जोड दिएर भने, ‘सरकार र राजनीतिक दलले पटक पटक सहमति उल्लंघन गरेर गैरजिम्मेवारीपन प्रस्तुत गरेको र चिकित्सा शिक्षा ऐनको विधेयक संसदमा पुगेको एक वर्ष हुँदा पनि पारित नगरे पछि ११ औ पटक अनसन सुरु गर्न वाध्य भएको छु ।’

डा. केसीले नेपालको चिकित्सा शिक्षा क्षेत्र मेडिकल माफियाहरुको नियन्त्रणमा रहनु र सरकार उनीहरुकै इच्छा अनुरुप लाचार रुपले प्रस्तुत हुँदै आएको आरोप लगाउदै उनले भने, ‘मेडिकल माफियाहरुले मौका छोपेर विद्यार्थी भर्ना, सिट र शुल्क निर्धारणमा अनियमितता गरेर लुट मच्चाइरहेको र त्यसले तीन करोड नेपालीको स्वास्थ्य र ज्यानसमेत खतरामा पर्ने अवस्था सिर्जना भइरहेको छ । त्रिवि पदाधिकारीले विगतका सम्झौताबमोजिम आइओएमलाई थप स्वायत्तता दिनुको सट्टा अधिकारहरू खोसिएको छ ।’

१० श्रावण २०७४, मंगलवार ०४:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

क्वारेन्टाइनमा राखिएको निगमको जहाज आजबाट उड्ने

काठमाडौँ, ६ फाल्गुण । कोरोना भाइरस प्रभावित चीनको वुहानबाट १७५ जना नेपालीलाई बोकेर ल्याएको नेपाल वायुसेवा निगमको जहाज आज..

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडीन् साइन बोर्ड

काठमाडौँ, ४ फाल्गुण । व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फीर्ता ल्याएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित..