योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

काठमाडौँ, ५ असार । सर्वोच्च अदालतले चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी) मा योग्यताक्रम (मेरिट) अनुसार विद्यार्थी भर्ना गर्न सम्बन्धित कलेजलाई आदेश दिएको छ ।

न्यायाधीश शारदाप्रसाद घिमिरे र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले सिफारिस गरेको योग्यताक्रम (मेरिट)अनुसार नै विद्यार्थी भर्ना गर्न आदेश दिएको हो ।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र वीरगन्जस्थित नेसनल मेडिकल कलेजले मेरिटका आधारमा विद्यार्थी भर्ना नगरी तोकिएकोभन्दा बढी शुल्क लिई भर्ना गरेका ५३ जना विद्यार्थीका विपक्षमा सर्वोच्चले सो आदेश दिएको हो ।

कलेजले आफूखुशी मनोमानी ढंगले बढी रकम लिएर भर्ना गर्नुलाई अवैध ठहर गर्दै योग्यताक्रमका आधारमा विद्यार्थीलाई भर्ना गर्न सो आदेशमा भनिएको छ ।

योग्यताक्रममा रहेका विद्यार्थीलाई कलेजमा भर्ना नलिई बढी पैसा बुझाएर भर्ना भएका सन्दीप कँडेलसहित २० जनाले असार ४ गते र युनिभर्सलमा भर्ना भएका ललितजंग शाहीसहित ३३ जनाले असार ८ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । रासस

५ श्रावण २०७४, बिहीबार २०:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

क्वारेन्टाइनमा राखिएको निगमको जहाज आजबाट उड्ने

काठमाडौँ, ६ फाल्गुण । कोरोना भाइरस प्रभावित चीनको वुहानबाट १७५ जना नेपालीलाई बोकेर ल्याएको नेपाल वायुसेवा निगमको जहाज आज..

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडीन् साइन बोर्ड

काठमाडौँ, ४ फाल्गुण । व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फीर्ता ल्याएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित..