एनआरएनए निर्वाचन: गौरीराज जोशीको नेतृत्वमा रहेका उम्मेदवारहरुको नाम सार्वजनीक

पुरुषोत्तम ढकाल, लसएन्जलस, ७ असार । नेपाली अमेरिकनको एकता, सहकार्य, सहमती, समृद्धि र सामाजिकीकरणका लागि गैर आवासीय नेपाली अभियान भन्ने मूल नारा सहित गैर आवासिय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको आगामी कार्यकाल २०१७ -१९ का लागि टेक्सास निवासी अगुवा नेपाली अमेरिकन गौरीराज जोशी नेतृत्वको समूहले संघको सम्पूर्ण पदमा आफ्ना उम्मेदवारहरुको नाम तय गरेको छ ।

नेपाली अमेरिकनका अगुवा एवं गैर आवासिय नेपाली अभियानका अभियन्ता खगेन्द्र जीसीको नेतृत्वमा मंगलबार साँझ आयोजीत कन्फ्रेन्स कल बैठकमा सहभागी झन्डै २५ राज्यका ५० भन्दा धेरै अगुवा नेपालीहरुको उपस्थितिमा एनआरएनए अमेरिकाको आगामी कार्यकाल २०१७ -१९ का लागि गौरीराज जोशीको नेतृत्वमा रहेका उम्मेदवारहरुको नाम तय गरेको हो ।

अध्यक्ष प्रत्याशी जोशीको तर्फबाट निर्वाचन लड्ने समूहको चयन संघका पूर्व अध्यक्ष खगेन्द्र जिसी, नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, प्रवाशी नेपाली मंचका पूर्व अध्यक्ष संजय थापा, जनजाती महासंघका लुइसाङ्ग वाइवा र अगुवा नेपाली अमेरिकन श्रीपराजुलीको संयोजनमा महिला, क्षेत्रीय र जातीय सन्तुलन सहितको उम्मेदवारहरु तय गरिएको छ ।

जोशी नेतृत्वको समूहलाई संघका संस्थापक अभियन्ताहरुले समेत शुभकामना दिदैं एनआरएनए अमेरिकाको आउँदो नेतृत्वले गैर आवासीय नेपाली अभियानमा युगान्तकारी भूमिका निर्वाह गर्ने र संघको आगामी नेतृत्वमा खगेन्द्र जिसी जस्ता अभियन्ताहरुलाई स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।

स्मरण रहोस यस अघिनै जोशी नेतृत्वको समूहलाई नेपाली जन सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट र उनको समूह, प्रवाशी नेपाली मंच, जनजाती महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ्ग वाइवा र उनको समूह, राप्रपा निकट श्रीपराजुली र उनको समुह साथमा नेपाली अमेरिकनका एक दर्जन सामुदायिक संघ संस्थाले औपचारिक समर्थन जनाईसकेका छन् ।

(एनआरएनए अमेरिका २०१७-१९ कार्यकालका लागि नेपाली अमेरिकनका साझा उम्मेदवारहरुको नामावली)

गौरी राज जोशी
अध्यक्ष

तेम्बा नुर्पु शेर्पा
वरिष्ठ उपसभापति

उमा कार्की थापा
उपसभापति

जेदु पोखरेल
उपसभापति

संजिव श्रेष्ठ
उपसभापति

पुरुषोत्तम बोहरा
उपसभापति

धर्म भट्टराई
महासचिव

सुमन बुढामगर
सचिव

पूर्ण वानिया
कोषाध्यक्ष

रेवती अधिकारी
सह कोषाध्यक्ष

लक्ष्मी थापा ‘खरेल’
महिला संयोजक

स्वराज खाती
युवा संयोजक

बोर्ड अफ डाइरेक्टर:
प्रितिसागर खत्री
तिर्शना शर्मा
संजय थापा

विष्णु शाह
शशी अधिकारी
उत्तम लामीछाने

७ असार २०७४, बुधबार ११:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..