लसएन्जलसमा वैतनिक वाणिज्य दुतावास खोल्ने नेपाल सरकारको निर्णय

लसएन्जलस, १० जेठ । नेपाल सरकारले संयुक्तराज्य अमेरिकाको पश्चिम तटीय राज्य क्यालिफोर्नियाको लसएन्जलस शहरमा वैतनिक वाणिज्य दुतावास खोल्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ ले पदबाट राजिनामा दिनु अघि मंगलवार बसेको मन्त्रिपरिषद बैठकले संयुक्तराज्य अमेरिकाको मायावी शहर लसएन्जलसमा वैतनिक वाणिज्य दुतावास खोल्ने निर्णय गरेको हो ।

यस अघि यस क्षेत्रमा बसोबास गर्दै आएका नेपाली अमेरिकनले न्युयोर्क र वाशिंगटन डिसीको दुरी टाढा र पायक नपर्ने भएकोले लसएन्जलसमा वैतनिक वाणिज्य दुतावास खोल्न नेपाल सरकारसंग अनुरोध गर्दै आएका थिए ।

स्मरण रहोस पटक पटक अमेरिका भ्रमणमा आएका परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतलेलसएन्जलसमा वैतनिक वाणिज्य दुतावास खोल्न आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । लसएन्जलसमा वैतनिक वाणिज्य दुतावास खोल्ने नेपाल सरकारको निर्णय बारे क्यालिफोर्नियाका लागि नेपाली बाणिज्यदुत ॠषि ढकालले नेपाल सरकारको स्वागत योग्य निर्णयका लागि यस क्षेत्रका नेपालीहरुको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् ।

बाणिज्यदुत ॠषि ढकालले लसएन्जलसमा वैतनिक वाणिज्य दुतावास खोल्ने नेपाल सरकारको निर्णय संगै पश्चिम तटीय राज्यमा बसोबास गर्ने नेपाली अमेरिकनलाई ठुलो राहत पुगेको भन्दै दुतावास स्थापनामा आवश्यक सवै खाले सहयोग गर्न आफु तयार रहेको बताएका छन् ।

१० जेष्ठ २०७४, बुधबार २०:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..