अमेरिकाको न्युयोर्क शहरमा ‘नेपाल डे परेड’को दोस्रो संस्करण भव्यताका साथ सम्पन्न

न्यूयोर्क । नेपाली अमेरिकनको प्रयासमा विश्वकै व्यापारिक राजधानीका रुपमा परिचित न्यूयोर्क शहरमा गत वर्ष सुरु गरिएको नेपाल डे परेडको दोस्रो संस्करण यस वर्ष नेपालको बहूल जातीय पहिचान र संस्कृति झल्काउने प्रस्तुती सहित हजारौ नेपालीको सहभागितामा आइतवार सम्पन्न भएको छ । 

नेपाली राष्ट्रिय पहिरन, राष्ट्रिय गित-संगीत र बाजागाजा सहित न्यूयोर्कको ३८ स्ट्रिट म्याडिसन एभिन्युवाट शुरु भएको यस वर्षको नेपाल डे परेड २६ स्ट्रिटमा पुगेर समापन गरिएको थियो । नेपालको प्राकृतिक विविधता र बहूल जातीय पहिचान झल्कने भेषभुषा, संस्कृति झल्काउने झांकी र पहिरनले परेडलाई रोमान्चक बनाएको थियो ।

आइतबार साँझ सम्पन्न भएको नेपाल डे परेडमा अमेरिका भ्रमणमा रहेका उद्योगमन्त्री नविन्द्रराज जोशी, अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्की, न्यूयोर्कस्थित कुटनीतिक नियोगका पदाधिकारी अमेरिका भरिका अगुवा नेपाली अमेरिकनको सहभागिता रहेको थियो ।

अनुमानित ६ हजार नेपाली अमेरिकन परेडमा सहभागी भएको परेड संयोजक मंगलदाश श्रेष्ठले जानकारी दिए । संयोजक श्रेष्ठका अनुसार हिमाली क्षेत्रको बौद्ध लामा संस्कृति, सनातन हिन्दु धर्मालाम्बिहरुको पशुपति मन्दिर, भजन चुड्का, रोईला, लगायत विभिन्न जनजातीका झांकीहरु परेडमा पर्दर्शन गरिएको थियो ।

नेपाली अमेरिकनको अगुवा संघ संस्थाको साझेदारीमा सुरु गरिएको नेपाल डे परेड यस वर्ष दोस्रो संस्करण हो । यस वर्ष नेपाल डे परेड संयोजक मंगलदास श्रेष्ठको संक्षिप्त वक्तव्यपछि शुरु गरिएको थियो ।

यस वर्षको नेपाल डे परेड भगवान बुद्धको जान दिवस र मातृभूमि नेपालको गणतन्त्र दिवसको सन्दर्भ पारेर आयोजना गरिएको हो ।

९ जेष्ठ २०७४, मंगलवार ०१:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । आज बिहान बिहान..

मन्त्री बाँस्कोटाले कमिसन माग गरेकोबारे स्वीस दूतावास बोल्यो

काठमाडौँ, ८ फाल्गुण । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७४ करोड रुपैयाँ कमिसन मागेको सम्बन्धमा..

मन्त्री बाँस्कोटाबारे बालुवाटारमा छलफल, राजीनामाको सम्भावना कति ?

काठमाडौँ, ८ फाल्गुण । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिशन माग गरेको अडियो रेकर्ड सार्वजनिक..

चिनियाँ दूतावासद्वारा जारी विज्ञप्तिको सम्पादकहरूले गरे भर्त्सना

काठमाडौँ, ७ फाल्गुण । कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी पत्रिका ‘द काठमान्डु पोष्ट’मा प्रकाशित लेखबारे..

प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको शुभकामना, ‘जन्मसिद्ध श्रेष्ठताको शासन प्रणाली सकियो’

काठमाडौँ, ७ फाल्गुण । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणाली अन्त्य भईसकेको बताएका..