जनसम्पर्क समितीको प्रथम साधारणसभा सम्पन्न, नोभेम्वरमा अधिवेशन

भर्जिनिया, ११ वैशाख । नेपाली जनसम्पर्क समिति अमेरिकाको शनिवार भर्जिनियामा सम्पन्न साधारण सभाले समितिको आगामी अधिवेशन नोभेम्वर महिनामा गर्ने निर्णय गरेको छ । यसै गरी च्याप्टर अधिवेशन सेप्टेम्बरमा सम्पन्न गरी र नोभेम्बरमा अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको हो । समितिका सभापति आनन्द विष्टले भने, ‘साधारण सभा अपेक्षा अनुरुप सफल भयो, च्याप्टर अधिवेशन सेप्टेम्बरमा सम्पन्न गरी र नोभेम्बरमा अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने तर्फ समिति केन्द्रित हुनेछ ।’

विष्टले दिएको जानकारी अनुसार साधारण सभाले टेक्सस अधिवेशन र यस अघिको वित्तीय हरहिसाबका बारेमा छानविन गर्न एक अमृत भट्टराईको नेतृत्वमा समिति गठन गरेको छ । विष्टका अनुसार साधारण सभाले समितिलाई सामाजिक संस्था ५ (१) सी अनुसार राख्ने वा अर्कोमा दर्ता गर्ने भन्ने सुझाव दिनका लागि समेत कानुन विभाग प्रमुख पिताम्बर भुसालको संयोजकत्वमा तीन सदस्य रहेको एक समिति गठन गरेको छ । समितिलाई नेपाली कांग्रेसको भातृसंस्थाकै रूपमा राखिराख्नुपर्ने अधिकांसको सुझाव रहेको छ । विष्टका अनुसार अमेरिकाको कानुन र नेपाली कांग्रेस पार्टीको नीतिलाई ध्यानमा राखेर नेजस अमेरिकालाई कस्तो संस्थाको रुपमा अघि बढाउने भन्ने बारेमा समितिले सुझाव दिने छ । शनिबार सम्पन्न साधारण सभामा २७ च्याप्टरको सहभागिता थियो । साधारणसभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा मन्त्री जीवन शाही, नेपाली राजदुत डा. अर्जुनकुमार कार्की, स्थानिय कांग्रेसम्यान, नेपालका लागि पुर्व अमेरिकी राजदुत स्कट डेलिसी, एनआरएन अमेरीका अध्यक्ष डा.केशव पौडेल लगायतको सहभागिता रहेको थियो । साधारण सभामा नेपाली अमेरिकनको हितमा समर्पित एवं अभियन्ता खगेन्द्र जीसी, रक्तदाता अर्जुन मैनाली, अमेरिकामा रहेर खेलकुदको क्षेत्रमा नेपाललाइ चिनाउने भारतोलनका खेलाडी रूप कार्की र कराँतेका उज्ज्वल ठकुरी, प्रजातन्त्र सेनानी गणेशबहादुर कार्कीलाइ सम्मान गरिएको थियो । सोही अवसरमा जनसम्पर्क समिति अमेरिकाले प्रकाशित गरेको ‘जयनेपाल’ नामक स्मारिकाको समेत विमोचन गरिएको थियो ।

११ बैशाख २०७४, सोमबार ०४:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..