जन सम्पर्क समितीको प्रथम साधारणसभा जारी, डेलगेट्स भेला स्थगित

भर्जिनिया, १० वैशाख । भर्जिनियामा जारी नेपाली जन सम्पर्क समिती अमेरीकाको प्रथम साधारणसभाको उद्घाटन समारोह सम्पन्न भए लगत्तै मध्यान्ह बन्द सत्र सुरु भएको छ । बन्द सत्रमा माउ पार्टीसंगको आवद्धता संबन्धि विषयमा सहभागीहरुबीच छलफल भैरहेको छ । साधारणसभाले आजै समितिको च्याप्टर र केन्द्रिय अधिवेशनको तिथि तय गर्ने अपेक्षा गरिएको छ । शनिबार भर्जिनियाको मनासस शहरमा आयोजित एक समारोहमा नेपाल सरकारका मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य जीवनबहादुर शाहीले प्रथम साधारण सभाको उद्घाटन गरेका थिए ।

साधारण सभामा अमेरीकाका लागी नेपाली राजदुत डा. अर्जुन कार्की, नेपालका लागी पुर्व अमेरीकी राजदुत स्कट एच डेलीसी, नेपाल सरकार परारष्ट्र मन्त्रालयका अवैतनीक सल्लाहकार तथा एनआरएनए अमेरीकाका पुर्व अध्यक्ष खगेन्द्र क्षेत्री, गैर आवासीय नेपाली संघ, (एनआरएनए) अमेरीकाका अध्यक्ष डा. केशव पौडेल, संघको आसन्न निर्वाचनका अध्यक्ष प्रत्याशी गौरी जोशी लगायतका बक्ताहरुले सम्बोधन गरेका थिए । नेपाली जन सम्पर्क समिती अमेरीकाका सभापती आनन्द बिष्टको सभापतित्वमा जारी साधारण सभामा समितीका पदाधीकारी, पर्यवेक्षक लगायत नेपाली कांग्रेस प्रति आस्था राख्नेहरुको ठुलो संख्यामा सहभागीता रहेको छ । उता असन्तुष्ट समूहले न्युयोर्कमा गर्ने भनिएको प्रतिनिधी भेला पार्टी केन्द्रको निर्देशनमा स्थगित गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले लिखित पत्र लेखेर भेला भेला स्थगित गर्न आग्रह गरेका थिए ।

१० बैशाख २०७४, आईतवार ०६:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..