खगेन्द्र जिसी नेपाल सरकारको गैर आवासीय नेपाली मामला सल्लाहकार नियुक्त

न्यूयोर्क, ३१ चैतनेपाल सरकारले गैर आवासिय नेपालीलाई प्रदान गरेको दोहोरो नागरिकता सम्बन्धि कानुन निर्माणमा सहजता ल्याउन अमेरिकाका खग्रेन्द्र क्षेत्रीलाई गैर आवासीय नेपाली अवैतानिक सल्लाहकार नियुक्त गरेको छ । एनआरएनए अमेरिकाका निर्बतमान अध्यक्ष तथा बर्तमान आईसीसी सदस्य समेत रहेका क्षेत्री यस अघि नेपाल अधिराज्यको संबिधान २०४७ को समेत सल्लाहकार रहेका थिए । जिसी मन्त्री स्तरीय निर्णयबाट बिहिबारदेखिनै लागु हुने गरि गैर आवासीय नेपाली अवैतानिक सल्लाहकारमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ । जिसीलाई नियुक्त गरिएको पत्रमा परराष्ट्र मन्त्रालयको क्षेत्राधिकार अन्तर्गत पर्ने कानुनी तथा नीतिगत बिषयमा गैर आवासीय नेपाली संघ एवम् अन्य बिदेशस्थित नेपाली संस्थासंग समन्वय गरी परामर्श दिन समेत सल्लाहकारमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ । जिसीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आर्जन गरेको कानुन सम्बन्धीको ज्ञानलाई नेपाल सरकारले कदर गर्दै नियुक्त गरेको पत्रमा उल्ल्केह गरिएको । परारष्ट्र मन्त्रालयले पहिलो पटक एनआरएन सल्लाहकार नियुक्त गरेको हो । नेपाल सरकारले आफुलाई सल्लाहकारमा नियुक्त गरेकोमा खुशी ब्यक्त गर्दै जिसीले नेपाल सरकार, परारष्ट्र मन्त्री, मन्त्रालय, सचिव, लागयत सबैमा हार्दिक आभार ब्यक्त गरेका छन् । जिसी न्यूयोर्क, क्यालिफोर्निया , टेक्सास र नेपालमा समेत क्षेत्री एण्ड एशोसिएट्स नामक ल फर्म सञ्चालन गरेर कानुनी सेवामा सकृय रहँदै आएका छन् । जिसीको नियुक्ती नेपाली अमेरिकन र गैर आवासिय नेपालीको हितमा नेपाल सरकारले गरेको महत्वपूर्ण निर्णय भएको गैर आवासीय नेपालीको प्रतिक्रिया छ ।

१ बैशाख २०७४, शुक्रबार ०१:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

क्वारेन्टाइनमा राखिएको निगमको जहाज आजबाट उड्ने

काठमाडौँ, ६ फाल्गुण । कोरोना भाइरस प्रभावित चीनको वुहानबाट १७५ जना नेपालीलाई बोकेर ल्याएको नेपाल वायुसेवा निगमको जहाज आज..

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडीन् साइन बोर्ड

काठमाडौँ, ४ फाल्गुण । व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फीर्ता ल्याएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित..