यस वर्षको एएनए सम्मेलन बाल्टिमोरमा हुने, सम्मेलनको तयारी सुरु

विजय थापा, भर्जिनिया, २५ चैत । अमेरिकी स्वतन्त्रता दिवस जुलाई ४ तारिख अर्थात् सप्ताहान्तको समय पारेर बिगत ३३ बर्ष देखि आयोजना गर्दै आएको दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (एएनए) को यस वर्षको सम्मेलन मेरिल्याण्ड राज्यको बाल्टिमोर सहरमा आयोजना हुने भएको छ ।

आगामी जुन ३० देखि जुलाई २ तारिख शुक्रबार देखि आइतबार सम्म हुने उक्त सम्मेलनको तयारी सुरु हुन् थालेको छ । बाल्टिमोरका समाज सेवी, व्यवसायी तथा बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ सम्मेलनको संयोजकमा नियुक्त भएका छन् । आयोजक समिति तथा उप समिति छिट्टै निर्माण गरिने बताउदै श्रेष्ठले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई सहभागी हुन आब्हान गरेका छन् ।

नेपाली समुदायलाई एकै थलोमा जमघट गराई बिबिध कार्यक्रमहरु मार्फत नेपाली समुदायलाई उत्साह र सकारात्मक सन्देस दिन सफल एएनए सम्मेलन मेरिल्याण्डको बाल्टिमोरमा आयोजना गर्न पाउदा हर्षको साथै आफु उत्साहित भएको श्रेष्ठले बताए ।

उनले अगाडी भने यस पटक अलिक फरक कार्यक्रमहरु पनि ल्याउने योजना रहेको र एएनएले दिएको अभिभारालाई शिरोधार्य गरि योजनामा आफू लागि रहेको बताए । उनले सबै संग सरसल्लाह ,राय र परामर्श लिई रहेको बताएका छन् ।

एएनए सम्मेलनमा उत्कृष्ट कार्यक्रमहरु मध्ये कै बाल बालिकाहरुको प्रतिभा प्रतियोगिता, बिद्यार्थीहरुको हाजिरी जवाफ प्रतियोगिता तथा अन्य महत्वपूर्ण कार्यक्रमहरु आयोजना गरिने भएको छ । सम्मेलनमा कमि कमजोरी नहुन दिन एनएनएका अध्यक्ष, कार्यकारी समिति, पूर्व अध्यक्षहरु तथा सबै संग परामर्श लिई रहेको आयोजकले जानकारी दिएका छन् ।

गत बर्ष जुलाई १ देखि ४ तारिख सम्म भएको एएनए सम्मेलनमा ६ बुदे घोषणा सहित सम्पन्न भएको थियो । आगामी जुन ३० देखि जुलाई २ सम्म हुने सम्मेलनमा खेलकुद, सांस्कृतिक कार्यक्रम, बिबिध बिषयका संगोष्ठी, भेषभुषा प्रदर्शन, प्रतिभा प्रतियोगिताहरु तथा थप कार्यक्रमहरु समेत हुने भएको छ ।

२५ चैत्र २०७३, शुक्रबार ०५:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । आज बिहान बिहान..

मन्त्री बाँस्कोटाले कमिसन माग गरेकोबारे स्वीस दूतावास बोल्यो

काठमाडौँ, ८ फाल्गुण । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७४ करोड रुपैयाँ कमिसन मागेको सम्बन्धमा..

मन्त्री बाँस्कोटाबारे बालुवाटारमा छलफल, राजीनामाको सम्भावना कति ?

काठमाडौँ, ८ फाल्गुण । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिशन माग गरेको अडियो रेकर्ड सार्वजनिक..

चिनियाँ दूतावासद्वारा जारी विज्ञप्तिको सम्पादकहरूले गरे भर्त्सना

काठमाडौँ, ७ फाल्गुण । कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी पत्रिका ‘द काठमान्डु पोष्ट’मा प्रकाशित लेखबारे..

प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको शुभकामना, ‘जन्मसिद्ध श्रेष्ठताको शासन प्रणाली सकियो’

काठमाडौँ, ७ फाल्गुण । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणाली अन्त्य भईसकेको बताएका..