प्रभु थापालाई अध्यक्षमा निर्वाचित गर्दै प्रवासी नेपाली मंचको दोस्रो अधिवेशन सम्पन्न

बाल्टिमोर, २१ चैत । अमेरिकामा बसोबास गर्ने नेकपा एमाले सुभेच्छुकहरुको संगठन प्रवासी नेपाली मंच, (ओएनएफ) को दोस्रो अधिवेशनले मंचका निवर्तमान महासचिव प्रभु थापालाई आगामी तीन वर्षीय कार्यकालको लागि अध्यक्षमा निर्वाचित गरेको छ । हाम्रा सहयोगी बाला घिमिरेले सम्मेलनस्थल बाल्टिमोरबाट दिएको जानकारी अनुसार आइतबार अपरान्ह सम्पन्न अन्तिम मतगणना अनुसार ओएनएफको अध्यक्षमा आफ्ना निकटतम प्रतिद्वन्दी जनक रानालाई पराजित गर्दै प्रभु थापा ८५ मत प्राप्त गरी २९ मतको अन्तरमा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाका निकटतम प्रतिद्वन्दी जनक रानाले ५६ मत प्राप्त गरेका छन् । यसैगरी वरिष्ट उपाध्यक्षमा टेक गुरुङ ७७ भोट ल्याएर निर्वाचित भएका छन् भने महासचिवमा न्युयोर्क निवासी राधाकृष्ण देउजा ७६ भोट ल्याएर निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा विजयी टेक गुरुंगका प्रतिद्वन्दी प्रिती सागर खत्रीले ६४ मत ल्याएका छन् भने महासचिवमा विजयी राधा कृष्ण देउजाका प्रतिद्वन्दी शंकर पन्तले ६३ मत प्राप्त गरेका छन् । 

क्षेत्रीय उपाध्यक्षहरुमा यमुना भट्टराई, कमल ओझा, सुशील क्षेत्री प्रतिष्पर्धाबाट र अन्य क्षेत्रमा क्रमसः श्याम राजा महत, इश्वरी भट्ट निर्विरोध निर्वाचित भएका छन् भने उपमहासचिवमा कृष्ण प्रसाद लामिछाने ९४ भोट सहित निर्वाचित भएका छन् । यस्तै गरि सचिवमा छवि पाण्डे, जनक कार्की, प्रदिप तिमिल्सिना, उद्ध बहादुर पन्त र कोषाध्यक्षमा हेमन्त भेटुवाल निर्वाचित भएका छन् । मंचका अध्यक्ष संजय थापाका अनुसार मार्च ३१ तारिख देखि सुरु भएको अधिवेशनमा अमेरिकाका विभिन्न राज्यका प्रतिनिधि एवं पर्यवेक्षकहरु सहित झन्डै दुई सय ५० जना सहभागि रहेका थिए । सर्वसम्मतिको अन्तिम प्रयास असफल भए लगत्तै आइतबार मध्यान्ह सुरु भएको निर्वाचनमा कुल मतदाता १६३ रहेकोमा १४३ मत मात्र खसेको थियो । निवर्तमान अध्यक्ष संजय थापाले सर्वसम्मत नेतृत्व चयन गर्ने कसरतमा केहि समय खर्चिए पनि अन्तत निर्वाचन भएको थियो । निर्वाचनमा अधिकांस पदमा निर्विरोध निर्वाचित गरेको थियो भने महत्वपूर्ण पदमा निर्वाचन भएको थियो । अध्यक्ष निर्वाचित प्रभु थापा पार्टी अध्यक्ष केपी ओली निकट हुन् । शनिबार एक समारोह विच दोस्रो अधिवेशनको उद्घाटन पूर्व मन्त्रि एवं एमाले संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले गरेका थिए । अधिवेशनलाई नेपालबाट आएका एमाले नेताहरु युवराज कार्की र खगराज अधिकारीले विशिष्ट अतिथिको रुपमा सम्बोधन गरेका थिए । प्रवासी नेपाली मंच, (ओएनएफ) एमालेको भात्री संगठन हो ।

२१ चैत्र २०७३, सोमबार ०५:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..