काँग्रेस केन्द्रको निर्देशन,’भर्जिनियाको साधारणसभा निर्धारित मितिमै सम्पन्न गर्नु’

न्यूयोर्क, ११ चैत । अमेरिकामा बसोबास गरिरहेका प्रजातन्त्रमा विश्वास राख्ने नेपालीहरुको साझा संगठन नेपाली जन सम्पर्क समिति अमेरिकाको पूर्व निर्धारित साधारण सभा आगामी अप्रिल २२ तारिखकै दिन भर्जिनियामा आयोजना हुने भएको छ । यस अघि नेपाली जन सम्पर्क समिति अमेरिका विभाजनको संघारमा पुगेको भन्दै विभाजनबाट रोक्न पूर्व निर्धारित साधारण सभा रोक्न असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका पूर्व संयोजक बिष्णु सुवेदी र झापाका प्रमोद सीटौलाद्वारा पार्टी केन्द्रिय कार्यालयलाई गुमराह पार्दै उत्पन्न गरिएको असहज परिस्थितिलाई अन्त्य गर्दै तोकिएको समयमा साधारण सभा सम्पन्न गर्न नेपाली काँग्रेस केन्द्रिय कार्यालयले पत्र लेखे लगत्तै पूर्व निर्धारित साधारणसभा आगामी अप्रिल २२ तारिखका दिन भर्जिनियामा आयोजना हुने भएको हो । बुधबार नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल हस्ताक्षरित पत्रमा अप्रिल २२ का लागि पूर्वनिर्धारित नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्जिनियामा आयोजना गर्न तय भएको साधारण सभा निर्धारित मिति र समयमा गराउन निर्देशन जारी गरिएको छ । स्थापनाकालदेखि नै सदैव विवादमा अल्झिदैं आएको कांग्रेस निकट कार्यकर्ताहरुको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति अमेरिकामा निर्वाचनबाट पराजित असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका पूर्व संयोजक बिष्णु सुवेदी र झापाका प्रमोद सीटौलाद्वारा सदैव गुटबन्दी गरेर सुरु गरिएको विवाद, कलह र झगडाका कारण बेला बखत अमेरिकामा रहेका कांग्रेस निकट कार्यकर्ताहरु अन्यौलमा पर्दै आएका छन् । यस अघि भुकम्प पीडितको राहत रकमको बिषयलाई लिएर सुरु भएको विवाद पार्टी महामन्त्री शशाङ्क कोइरालाको आगमन संगै सुल्झिएको थियो । असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका पूर्व संयोजक बिष्णु सुवेदी र झापाका प्रमोद सीटौलाको नेतृत्वमा अप्रिल २२ मा भर्जिनियामा तोकिएको पूर्व निर्धारित साधारण सभाकै दिन न्युयोर्कमा डेलिगेट भेलाको आब्हान गरेपछि विवाद सतहमा आएको थियो । साधारणसभा आयोजक समितिका संयोजक केशव बरालले पार्टी केन्द्रले अन्यौल चिर्दै नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्जिनियामा आयोजना गर्न तय भएको साधारण सभा निर्धारित मिति र समयमा गराउन निर्देशन सहितको पत्र पठाइसकेको हुँदा अव अनावश्यक विवाद गर्नु जरुरी नरहेको भन्दै सम्पूर्ण नेपाली अमेरिकन प्रजातन्त्रवादीहरुलाई अप्रिल २२ मा भर्जिनियामा आयोजना हुने साधारणसभामा सहभागिताको लागि आग्रह गरेका छन् ।’ स्मरण रहोस असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका पूर्व संयोजक बिष्णु सुवेदी र झापाका प्रमोद सीटौलाद्वारा एनआरएनए उत्तर अमेरिका क्षेत्रीय संयोजक सहित टेक्सास पुगेर एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका अध्यक्ष प्रत्यासी गौरी जोशीलाई उम्मेदवारी नदिन भन्दै धम्क्याए पछि यतिबेला अमेरिकामा यी दुई नाम सर्वत्र आलोचित बनेको छ ।

११ चैत्र २०७३, शुक्रबार ११:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..