प्रवासी नेपाली मंचको दोस्रो अधिवेशन बाल्टिमोर शहरमा, प्रभु थापा सर्वसम्मत अध्यक्ष हुँदै

न्यूयोर्क, ११ चैत । मेरिकामा बसोबास गर्ने नेकपा एमाले निकटहरुको संगठन प्रवासी नेपाली मंच, (ओएनएफ) को दोस्रो अधिवेशन आगामी साता मेरियाल्याण्ड राज्यको बाल्टिमोर शहरमा आयोजना हुने भएको छ । मंचका अध्यक्ष संजय थापाका अनुसार मार्च ३१ तारिख देखि तिन दिन दिनसम्म चल्ने अधिवेशनमा अमेरिकाका विभिन्न राज्यका प्रतिनिधि एवं पर्यवेक्षकहरु सहित झन्डै दुई सय ५० जना सहभागि हुनेछन । अधिवेशनको अन्तिम तयारीसंगै वर्तमान अध्यक्ष संजय थापाले नेतृत्वबाट स्वेच्छिक अवकास लिने भएकाले यतिबेला मंचको नेतृत्वको लागि आकांक्षीहरुको धेरै देखिए पनि वर्तमान अध्यक्ष संजय थापा, मंचका प्रभावशाली नेताहरु, टेक्सास निवासी हेम पाठक, सिकागोका बाला घिमिरे लगायतका नेताहरु वर्तमान महासचिव प्रभु थापालाई सर्वसम्मत अध्यक्ष र राधा कृष्ण देउवालाई महासचिव बनाउने कसरतमा जुटेका छन् । मंच सम्वद्ध स्रोतले दिएको जानकारी अनुसार वर्तमान महासचिव प्रभु थापा निर्वाचन भएमा पनि भारी मतले निर्वाचित हुनेछन । अध्यक्ष दावेदार प्रभु थापा पार्टी अध्यक्ष केपी ओली निकट हुन् । यद्यपि पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल निकट अनुहारहरु समेत नेतृत्वको दावेदारका रुपमा देखिएका छन् । अध्यक्ष थापाका अनुसार दोस्रो अधिवेशन उद्घाटन पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ । अध्यक्ष थापाका अनुसार अधिवेशन उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएपनि देशको राजनीतिक घटनाक्रमले अध्यक्ष ओली आउने कुरामा भने आसंका रहेको छ । अध्यक्ष थापाका अनुसार अमेरिका भरिका २४ वटा च्याप्टरका एक सय ७१ प्रतिनिधि सहभागी हुने अधिवेशनले तीन बर्षको लागि नयाँ नेतृत्वको चयन गर्नेछ । प्रवासी नेपाली मंच, (ओएनएफ) एमाले निकट संगठन हो ।

११ चैत्र २०७३, शुक्रबार ०९:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..