पौडेल र सोनामलाई न्यायिक समितिको अर्को झड्का, प्रमोद सीटौला र सिपी पौडेलको नाउँमा कारण देखाऊ आदेश

न्यूयोर्क, १० चैत । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको सदस्य आवेदकहरुको सदस्यता आवेदन छानविन गर्न भन्दै फ़्रड भोटलाई वैधानिकता दिन अध्यक्ष केशव पौडेलले बहुमत सदस्यको असहमतिका बाबजुद गठन गरेको सदस्यता छानविन समतिका दुई सदस्य प्रमोद सिटौला र सिपी पौडेललाई संघको न्यायिक समितिले कारण देखाऊ आदेश जारी गरेको छ । न्यूयोर्क निवासी संघका साधारण सदस्य रबिन बज्राचार्यले प्रमोद सिटौला र सिपी पौडेल नेपाली काँग्रेसको भात्री संगठन जनसम्पर्क समिति अमेरिकाको केन्द्रिय सदस्य र उपसभापति रहेको प्रमाण सहित संघको विधानको धारा १४६ विपरित राजनीतिक दलका सदस्यलाई मनोनयन गरिएकोमा संघको न्यायिक समितिमा गत साता हालेको उजुरी उपरको सुनुवाइमा समितिले २५ मार्च, २०१७ भित्र आफ्नो जवाफ पेश गर्न कारण देखाऊ आदेश जारी गरेको हो । स्मरण रहोस केशव पौडेल र उनका कार्यसमितिका केहि सदस्यहरुले यस पटक पनि नेपाली काँग्रेसको भात्री संगठन जना सम्पर्क समिति आवद्ध विष्णु सुबेदी, प्रमोद सिटौला, सिपी पौडेल लगायतका व्यक्तिहरुले भोटर फ़्रड्का आरोपी केशव पौडेललाई जिताउन सर्वर डाउन गरेको र विभिन्न राज्यमा एउटै व्यक्तिका नाउँमा पटक पटक डाटा इन्ट्री गरेर झन्डै ५ हजार किर्ते सदस्य बनाएको आरोप लगाउदै आएका छन् । जानकारी रहोस २०१४ को निर्वाचन परिणाम प्रति असन्तुष्टि जनाउदै बज्राचार्य लगायतको पराजित समूहले टेनेसी अदालतमा दायर गरेको मुद्धामा भोटर फ़्रड भएको स्वीकार्दै न्यायिक समिति मार्फत विवाद सुल्झाउन आदेश दिएको र संघले लगत्तै निवर्तमान उपाध्यक्ष श्री पराजुलीको नेतृत्वमा सदस्यता छानविन समिति गठन गरेको थियो । तर अध्यक्ष पौडेलले आरोप लगाए जस्तै गरि गतसाता भोटर फ़्रडका आरोपित व्यक्तिहरुलाई समितिमा चयन गरेर सुचना बिनै पराजुलीलाई हटाएका थिए । न्यायिक समितिले आरोपित सदस्यहरु प्रमोद सिटौला र सिपी पौडेललाई २९ मार्च, २०१७ मा यस विषयमा सार्वजनिक सुनुवाई गर्नेगरी कारण देखाऊ आदेश जारी गरेको हो । हेक्का रहोस दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उठ्न अनिच्छुक केशव पौडेललाई निर्वाचन जित्न आवश्यक फ़्रड भोटको लागि लाग्ने रकम उपलब्ध गराएका क्षेत्रीय संयोजक सोनाम लामाकै सहयोगमा २०१४ को निर्वाचन परिणाम प्रति असन्तुष्टि जनाउदै आएको पराजितहरुको समूह तयार गरि टेनेसी अदालतमा मुद्धा दायर गरेको थियो । तर केशव पौडेलले सोनाम लामालाई क्षेत्रीय संयोजक जिताउने र निवर्तमान अध्यक्ष खगेन्द्र जिसीलाई हराउने सर्तमा सहमति भए लगत्तै उक्त मुद्धा बेवारिसे बनेको थियो । टेनेसी अदालतमा दायर मुद्धाको अन्तिम सुनुआई आगामी साता हुँदै छ ।

१० चैत्र २०७३, बिहीबार ०९:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..