विधान र मर्यादा विपरित संयोजक लामाले धम्क्याए अध्यक्ष प्रत्यासी जोशीलाई

टेक्सास, १० चैत । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको उत्तर अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाले संघको विधान र मर्यादा विपरित भोटर फ़्रडका आरोपी अध्यक्ष केशव पौडेललाई पुन: जिताउने आफ्नो अभिष्ट पुरा गर्न सोमबार विज्ञाप्ति जारी गरे लगत्तै मंगलवार दलवल सहित टेक्सास पुगेर अर्का अध्यक्ष प्रत्यासी गौरी जोशीलाई धम्क्याएका छन् । जनसम्पर्क समिति अमेरिका आवद्ध विष्णु सुवेदी र झापाका प्रमोद सिटौला सहित मंगलवार टेक्सास पुगेका लामाले अध्यक्ष प्रत्यासी गौरी जोशीलाई छलफल गर्नु छ भन्दै बोलाएर भाई तिमि अध्यक्ष उठ्न पाउदैनौ भन्दै अध्यक्ष शेष घले समेत तिम्रो उम्मेदवारी बिरुद्ध रहेको हुँदा केशव पौडेललाई सघाउन जोशीलाई उम्मेदवारी त्याग्न दवाव दिएका थिए । लामाले यस अघि भोटर फ़्रडका आरोपी अध्यक्ष केशव पौडेललाई पुन: जिताउने अभियान अन्तर्गत संघको विधान र मर्यादा विपरित पत्र र विज्ञप्ति जारी गरेर एनआरएनएको विधानको आफू अनुकूल व्याख्या गर्ने प्रयास गरेका थिए । गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा काठमाडौंमा आयोजना हुने सम्मेलन नजिकिदै गरेको बेला राष्ट्रिय समन्वय परिषद अमेरिकालाई एकलौटी बनाउने अभियान अन्तर्गत क्षेत्रीय संयोजक लामा अधिकार र कार्य क्षेत्र भुलेर भोटर फ़्रडका आरोपी अध्यक्ष केशव पौडेललाई पुन: अध्यक्ष पदमा निर्वाचन जिताउने अभियान अन्तर्गत अर्का अध्यक्ष प्रत्यासी गौरी जोशीलाई धम्क्याउन टेक्सास पुगेका हुन् । यसै क्रममा क्षेत्रीय संयोजक लामाले गत सोमबार ‘स्पष्ट पारिएको सम्बन्धमा’ भन्दै एक विज्ञप्ति जारी गरेर गैर आवासीय नेपाली संघको विधानको आफू अनुकूल व्याख्या गर्दै पत्र लेखेका थिए । उनले गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्षको उम्मेदवार सम्बन्धमा संघको ध्यान आकर्षण भएको भन्दै किर्ते विज्ञप्ति जारी गरेका थिए । लामाले जारी गरेको विज्ञप्तिमा गैर आवासीय नेपाली संघ अमेरिको स्थापना २०१० पछि भएको झुठो विवरण भएको व्यहोरा सार्वजानिक गरिएको थियो । गैर आवासीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदका प्रमुख दावेदार गौरी जोशीको उम्मेद्वारीलाई रोक्न लामाले सो पत्र जारी गरेका हुन् । तर गैरआवासीय नेपाली संघको सचिवालयमा रहेको अभिलेख अनुसार एनआरएनए अमेरिकाको स्थापना २१ जनवरी २००६ मा भएको हो । गैर आवासीय नेपाली संघको अभिलेख अनुसार शन २००६ मा डा. अम्बिका अधिकारीको संयोजकत्व र सुमनराज तिमिल्सीना सह-संयोजक रहेको राष्ट्रिय समिति गठन भएको थियो र जोशी उक्त राष्ट्रिय समितिको कोषाध्यक्ष रहेका थिए । लामाले विज्ञप्ति जारी गर्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय महाधिवेशन सञ्चालन सम्वन्धी नियमावली २०१३ (२०१७ संशोधन सहित) दफा २४ को धारा ४.६ अनुसार (राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा उम्मेद्वार बन्न नीज राष्ट्रिय समन्वय परिषद वा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य वा पदाधिकारी भइ एक कार्यकाल काम गरेको हुनुपर्ने छ,व्याख्या गर्ने नाउँमा संघको लिखित अभिलेखको समेत धज्जी उडाएका छन् । जानकारी होस् गैर आवासीय नेपाली संघको विधानको व्याख्या गर्ने अधिकार भने विधान समितिमा मात्र निहीत रहेको छ । यसै विच गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले क्षेत्रीय संयोजकले अध्यक्ष प्रत्यासी जोशीलाई धम्क्याउने अधिकार क्षेत्र बाहिर गएर जारी गरेको विज्ञप्तिलाई लिएर उनलाई स्पष्टिकरण सोध्ने भएको छ । अध्यक्ष र महासचिव मार्फत प्रवक्ताले कुनै आवश्यक विषयमा विज्ञप्ति जारी गर्ने र विधानको व्याख्या गर्ने अधिकार भने विधान समितिले गर्नु पर्नेमा लामाले अधिकार क्षेत्र मिचेको विषयम क्षेत्रीय संयोजक लामा र उपसंयोजक एसी शेर्पालाई संघले अनुसासनको कारवाही गर्ने भएको हो । यसैबीच संघको अमेरिकास्थित सदस्यता आवेदनलाई लिएर राजनीतिक दलका प्रतिनिधि रहेको कार्यदल गठन गरिएको विषयमा समेत आइसिसिको ध्यान आकृष्ट भएको एक पदाधिकारीले जानकारी दिएका छन् । ति पदाधिकारीका अनुसार विगतमा समेत भोटर फ़्रडको आरोप लागेको वर्तमान कार्यसमितिले राजनीतिक दलका प्रतिनिधि रहेको कार्यदल गठन गरेको र यो विषयमा अमेरिका भरिका गैर आवासीय नेपालीहरुले केन्द्रको ध्यान आकृष्ट गरेको हुँदा केन्द्रले हस्तक्षेप गर्न सक्छ ।

१० चैत्र २०७३, बिहीबार ०६:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..