एकता समाजद्वारा लस एन्जल्स भलिबल टिम सम्मानित

गोकुल ढकाल, लस एन्जलस्, अमेरिका । ३० बर्षे एएनएको स्थापना इतिहासमा लस एन्जलस क्षेत्रबाट प्रथमपटक सहभागी ‘लस एन्जलस भलिबल टीम’ले आफ्नो पहिलो सहभागितामै सर्बप्रथम हुन सफल भएको सम्मानस्वरुप ‘नेपाल अमेरिका एकता समाज’ लस एन्जल्सले सहभागी बिजेता खेलाडीहरूलाई सम्मान गरेको छ । आर्टेसियास्थित स्थानिय हबेली रेस्टुरेन्टमा आयोजित भब्य स्वागत कार्यक्रममा खेलाडीहरूलाइ खादा,माला, अबिर र सम्मान-पत्र सहित समाजले सम्मान गरेको छ ।

यस क्षेत्रमा सक्रिय ष्रीपशुपतीनाथ फाउण्डेशनका अध्यक्ष भक्त थापा, मगर् समाज लस एन्जलसका अध्यक्ष बखान थापा, अनेसास लस एन्जलस च्याप्टरका अध्यक्ष गोकुल पौडेल, नेवा समाज, लस एन्जलसका अध्यक्ष दिल बहादुर श्रेष्ठ, ए एन एस लस एन्जलसका अध्यक्ष रबिन्द्र प्रधान, समाजसेवी बेदभक्त जोशी, श्रीपशुपतीनाथ फाउन्डेशनका कोशाध्यक्ष पुन्नाखर ;ॠशी’ ढकाल लगायतले खेलाडीहरूलाई माला र सम्मनपत्र सहित सम्मान गरेका थिए । प्रथम पटकाको सहभागितामै सर्बप्रथम भएका ती पुरुष भलिबल टीमका खेलाडीहरू लस एन्जलस नेपाली समाजका गौरब भएका र नेपाली समाजको गौरबताको लागि उपस्थित सबैले खेलाडीहरूलाई बधाइ दिएका थिए ।

नेपाली समुदायका सहभागीहरूले खचाखच भरिएको हलमा एएनए प्रतियोगिताका एम भी पी गंगाबहादुर बस्नेतले खेलाडीहरूको तर्फबाट आफूहरूको सम्मानमा नेपाली समुदायले गरेको कार्यक्रमप्रती आभार ब्यक्त गरेका थिए । नेपाल् अमेरिका एकता समाजको ‘मात्र प्रायोजन र खेलाडीहरु’ जस्तो आभाश भएपनि कार्यक्रममा टीम क्याप्टेन बिमल गुरागाइंले आफूहरू ‘सम्पुर्ण लस एन्जलसबासीहरूको खेलाडीहरू भएको र सिंगो लस एन्जलस नेपाली समाजका लागि खेलेको’ बताएपछी उपस्थित सहभागीहरुमा उत्साह जागेको थियो । कार्यक्रममा नेपाली बालबालिकाहरूलाई खेलमा प्रोत्साहन गर्ने हेतुले ‘बाल फुटबल टीम’ को पनि घोषणा गरिएको थियो ।

एकता समाजकी अध्यक्ष श्रीमती उमा थापा कार्कीको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा खेलाडीहरूको साथमा उपस्थित सम्पुर्णलाई रात्री भोजकओ आयोजना गरिएको थियो । यसैबिच अन्तराश्ट्रिय नेपाली साहित्य समाजले आगामी जुलाई १६ तारिखका दिन सोही स्थान हबेली रेस्टुरेन्टमा ‘भानु जयन्ती तथा खेलाडीहरूलाई सम्मान’ कार्यक्रमको आयोजना गरेको कुरा संस्थाका अध्यक्ष गोकुल पौडेलले जनाउनुभएको छ ।

२६ असार २०६९, मंगलवार ०२:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..