सयौं कागजपत्रविहिन पक्राउ, लसएन्जलसबाट मात्रै ३७ देश निकाला, कागजपत्रबिहिनहरु त्राश र कोलाहालमा

पुरुषोत्तम ढकाल, लसएन्जलस,१ फागुन । अध्यागमन अधिकारीहरुले मंगलबार देखि शुक्रबारसम्म विभिन्न राज्यमा गरेको धरपकडमा अमेरिकामा गैर कानुनी तवरले बसोबास गर्दै आएका अपराधिक पृष्ठभूमिका सयौंको संख्यामा रहेका कागजपत्र बिहिनहरु पक्राउ पर्नुको साथै ३७ जना देश निकालामा परेका छन् । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेका अपराधिक पृष्टभूमिका कागजपत्र बिहिनहरुलाई देश निकाला गर्ने योजना अनुसार यो साता अमेरिकाका विभिन्न राज्यहरुबाट अपराधिक पृष्ठभूमिका कागजपत्र बिहिनहरुलाई पक्राउ गरिएको डिपार्टमेन्ट अफ होम ल्याण्ड सेक्युरिटीको दावी छ ।

अध्यागमन अधिकारीहरुका अनुसार अपराधिक पृष्ठभूमिका कागजपत्रबिहिनहरुलाई केन्द्रमा राखेर बासोस्थान र कामगर्ने स्थानहरुमा छापा मारिएको र पक्राउ परेकाहरु मध्य केहीलाई देश निकाला समेत गरिएको छ ।

अध्यागमन अधिकारीहरुले धरपकड सुरु गरे लगत्तै अमेरिकामा रहेका कागजपत्रबिहिनहरुमा त्राश र कोलाहल मच्चिएको छ । यस अघि राष्ट्रपति ट्रम्पले कम्तीमा ३० लाख अपराधिक पृष्टभूमिका कागजपत्र बिहिनहरुलाई तत्कालै देश निकाला गर्ने बताएका थिए ।

अध्यागमन अधिकारीहरुले ६ राज्यका फरक शहरहरु, एटलान्टा, शिकागो, न्युयोर्क, लस एन्जलस, नर्थ क्यारोलिना र साउथ क्यारोलिनाको विभिन्न स्थानमा छापा मारेर अपराधिक पृष्टभूमिका सयौको कागजपत्रबिहिनहरुलाई नियन्त्रणमा लिइएको पुष्टी गरेका छन् । तर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी प्रवक्ताले अध्यागमनको छापालाई नियमति भनेको छिन् । अध्यागमन अधिकारीहरुले सोमबारदेखि शुक्रबारसम्म नियन्त्रणमा लिइएका सयौं कागजपत्रबिहिनहरुमा अधिकांस दक्षिण अमेरिकी मूलुकका नागरिकहरु रहेका छन् ।

अध्यागमन अधिकारीहरुले क्यालिफोर्निया, फ्लोरिडा, टेक्सास, कन्सास र नर्थ भर्जिनियामा मंगलबारदेखि अपराधिक पृष्टभूमिका कागजपत्रबिहिनहरुलाई नियन्त्रणमा लिन आफ्नो गतिविधि तीब्र पारेको थियो । अध्यागम अधिकारीहरुले शुक्रबार लसएन्जलसमा काम गर्न जाँदै गरेका र घरमा बसिरहेका कागजपत्रबिहिनहरुलाई समेत पक्राउ गरेर हिराशतमा राखेको अधिकारवादीहरुको दावी छ ।

लसएन्जलस स्थित फिल्ड डाइरेक्टर डेभिड मरिनले १६० जनालाई नियन्त्रणमा लिइएको र तीमध्ये ७५ प्रतिशत आपराधिक पृष्ठभूमिका रहेको र अन्यका हकमा अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्नेहरु रहेको बताएका छन् । लस एन्जलसमा पक्राउपरेका मध्य ३७ जनालाई शुक्रबार रातीनै अमेरिकाबाट देश निकाला गरिसकिएको आइसका अधिकारी डेभिड मरिनले जानकारी दिएका छन् ।

१ फाल्गुन २०७३, आईतवार ०२:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार सम्हालेकी छिन् ।..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडीन् साइन बोर्ड

काठमाडौँ, ४ फाल्गुण । व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फीर्ता ल्याएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित..

चीनबाट फर्काइएका नेपालीलाई खरिपाटी लगियो

काठमाडौँ, ४ फाल्गुण । कोरोना भाइरसको उद्गमथलो चीनको वुहान शहरबाट १७५ जना नेपालीको उद्वार गरिएको छ । उनीहरु..