मिर्गौला पिडित १४ बर्षिया लीला रानालाई युएईबाट आर्थिक सहयोग

अजित क्षेत्री, युएई । दुवै मिर्गौला फेल भएकी सिन्धुली जिल्लाको रानीच्युरी गाविस स्थित श्री कालिका उच्च माबिमा अध्यनरत १४ बर्षिया बालिका लीला रानालाई युएईमा कार्यरत नेपालीको संस्था “एक्सन नेपाली क्रियटिभ सोसाइटी” ले आर्थिक सहयोग गरेको छ । संस्थाले बालिकाको उपचारको लागी नेपाली करीब १५ हजार (५०० दिराम) सहयोग गरेको हो ।

संस्थाको मासिक नियमित बैठकका अबसरमा संस्थाका अध्यक्ष लोकबहादुर पुर्बाछाने र सल्लाहकार सागर घिमिरेले उक्त रकम मिर्गौला रोगी लिला राना मगरका आफन्त एवम् सहयोग संकलक लोक बहादुर रानालाई हस्तान्तरण गरे । सो अबसरमा संस्थाका उपाध्याय लिलाम्बर आचार्य र कोषाध्यक्ष असिम लामाले गरिब बालिकाको जीवन रक्षाको निम्ती सहयोग गर्न सबैसँग अपिल गरे । कार्यक्रम संस्थाका सचिव अजित क्षेत्रीले सञ्चालन गरेका थिए ।

नेपाली नेपाली बिच एकता कायम गर्ने उद्देश्यले करिब डेढ बर्ष अघि युएईको राजधानी आवुधाबीमा स्थापित एक्सन नेपाली क्रियटिभ सोसाइटी नामक यस संस्थाले आफ्ना सदस्यहरुबाट रकम संकलन र बचत गरि संस्थाभित्रै ऋण एवंम् सहयोग प्रदान गर्दै आइरहेको छ । संस्थाले असहाय, बिपन्न र अति आवस्यक परेका हरुलाई आर्थिक सहयोग गर्दै आएको संस्थाका सचिव अजित क्षेत्रीले जानकारी दिए ।

दुबै मिर्गौला फेल भएर मिर्गौला प्रत्यारोपण गर्नु पर्ने भएकी बालिका लिला रानाको उपचारमा सहयोग गर्न उनको परिवारले सबैमा अपिल गरेको छ । पीडित राना उपचारको अभावमा छटपटाई रहेकी छिन् ।

जिल्लाको रानिचुरी गा बि स -५ बस्ने श्री लोक बहादुर राना मगरकी १४ बर्षिया छोरी लिला राना मगर श्री कालिका उच्छ माबि धमिले जरायोटारमा अध्यनरत गर्दै गर्दा अचानक दुईवटै मृगौलाले काम गर्न छाडेको हो । सहयोगी महानुभावहरुले पीडित लीला राना मगरका पिता लोक बहादुर राना मगरको रा.बा. बैंकको AC no. 175001540510 मा रकम जम्मा गर्न सक्नु हुनेछ ।
साथै युएईमा रहनु हुनेले युएईको आवुधावीको बानियास् सिटीमा रहनु हुने लोक बहादुर पुर्वाछाने अथवा लोक बहादुर राना मगर मार्फत पनि आर्थिक सहयोग गर्न सक्नु हुनेछ ।

२१ माघ २०७३, शुक्रबार ०६:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..