जापान केन्दो संघद्वारा नेपाल केन्दो संघलाई खेल सामाग्री हस्तान्तरण

काठमाडौँ । जापान केन्दो संघले नेपाल केन्दो र लाइदो संघलाई केन्दो खेल सामग्री वितरण गरेको छ । जापानको मार्सल आर्टलाई प्रवद्र्धन गर्नेका लागि जापान केन्दो संघले खेल सामाग्री दिएको हो ।
काठमाडौंस्थित जापानी दूतावासमा आयोजित कार्यक्रममा वितरण गरिएको सामाग्रीमा १० साथ बोगु, १० थान सिनाई, १० थान सिनाई कारबोन, ६ थान डेनडो जी र ४ थान हाकामा रहेका छन् ।
केन्दोलाई आधुनिक जापानको मार्सल आर्ट मानिन्छ । यो खेल आजकाल जापान तथा अन्य देशमा निकै रुचाइएको छ । यस खेलले शारीरिक र मानसिक रुपमा निकै राम्रो मानिदै आएको छ । खेलको सामाग्री विहीबार जापानी दूतवासले नेपाल केन्दो संघका अध्यक्ष गणेश राई र लाइदो संघलाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा दूताबासका संस्कृति तथा जनसम्पर्कका प्रथम सचिव कियोहिको हामादाले जापानमा प्रख्यात रहेको यस खेलको सामाग्री वितरण गर्न पाएकोमा खुशी लागेको भन्दै यसले नेपाल र जापानको सम्बन्ध अझ प्रगाढ हुने विश्वास ब्यक्त गर्नुभयो । यसै गरी नेपाल योग तथा केन्दो संघका अध्यक्ष गणेश राईले खेल सामग्री दिएकोमा जापानी दूतवासलाई धन्यवाद दिंदै यो कार्यक्रम खेलका समाग्री वितरण मात्र नभई यो नेपाल र जापानको एक आपसको प्रगाढ सम्बन्ध रहेको बताउनुभयो ।

२१ माघ २०७३, शुक्रबार ०६:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..