काङ्ग्रेस आत्महत्याको साक्षी हामीले बस्नैपर्ने भो !

प्रचलित मूल्य, मान्यता र परम्परागत सोच, संस्कार तथा धर्मप्रति नकारात्मक, आलोचनात्मक या विद्रोहात्मक सोच भएका मानिसलाई वामपन्थी भनिन्छ । राजाका आलोचकहरू, राजाका प्रस्तावप्रति प्रायः नकारात्मक सोच राख्नेहरू र विद्रोही मनोवृत्ति भएकाहरूलाई बेलायती संसद्मा राजाको बायाँहाततर्फ बस्ने व्यवस्था मिलाइन्थ्यो भने धर्म, परम्परा, प्रचलित सामाजिक मूल्य, मान्यता र राजाप्रति सकारात्मक दृष्टिकोण राख्नेहरूलाई राजाको दायाँ हाततिर बसाइन्थ्यो । बायाँ हाततर्फ बस्नेहरूलाई वामपन्थी (पन्थ भनेको हात हो भन्ने कुराको उल्लेख यहाँ नगरिए पनि सबैले बुझेको तथ्य हो) र दायाँतर्फ रहनेहरूलाई दक्षिणपन्थीका रूपमा बुझ्ने परम्पराको थालनी बेलायतबाट भएको विश्वास विद्वान्हरूको छ । यद्यपि फ्रान्सका राजा पनि भारदारी सभामा बायाँतर्फ आफ्ना प्रस्तावप्रति नकारात्मक विचार–भाव राख्नेहरूलाई र दायाँतिर सकारात्मक सोच भएकाहरूलाई राख्ने गर्दथे । वामपन्थी कम्युनिस्टहरू पनि ‘वामपन्थी’ शब्दको प्रादुर्भाव माक्र्सबाट भएको मान्दैनन्, युरोपीय महाद्वीपका शक्तिशाली मुलुकका राजाबाट नै ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ शब्दहरूको सृष्टि र प्रयोग भएको विश्वास गर्दछन् । तर, राजाले आफ्नाप्रति नकारात्मक विचारभाव राख्नेहरूलाई बायाँतर्फ र सकारात्मकहरूलाई दायाँतर्फ किन राख्ने गरेका थिए भन्नेबारेमा स्वयम् वामपन्थी र कम्युनिस्टहरूले बुझ्ने चेष्टा गरेनन् या बुझेर पनि त्यसको स्मरण गरिरहन आवश्यक ठानेनन् । राजाहरूले बायाँतर्फ ‘नकारात्मक’ पक्षलाई राख्नुको सीधा सम्बन्ध इसाईहरूको धार्मिक या सांस्कृतिक पक्षसँग अन्तरसम्बन्धित छ ।

स्मरणीय छ, सनातनी हिन्दूधर्मले झैँ इसाई र मुसलमान धर्मले शरीर र आत्मालाई छुट्याएर बुझ्ने गर्दैन । आत्म र शरीर अविच्छिन्न रूपले एकाकार रहन्छन् भन्ने विश्वासका कारण इसाई, इस्लाम र यहुदीहरू मानिस मरेपछि तिनको लास (शरीर) सुरक्षित राख्ने विधि अपनाउँछन् । प्राचीन कालमा इजिप्ट (मिश्र) का इसाई र इस्लाम धर्मावलम्बीहरू लासलाई सुरक्षित बाकसमा राखी सुरक्षित स्थानमा गाड्ने गर्दथे । अन्तिम विचारका दिन (Last day of Judgement) ‘ती’ लासहरू ईश्वरको सिंहासनका दायाँतिर धार्मिक प्रवृत्तिका र बायाँतिर पापीहरू खडा भई लामबद्ध हुनेछन् भन्ने विश्वास उनीहरूमा थियो । हो, यही प्राचीन मान्यतालाई पछ्याउँदै बेलायती राजा–महाराजाले नकारात्मक शक्तिलाई बायाँतर्फ र सकारात्मक प्रवृत्तिलाई आफ्नो दायाँतर्फ राख्ने गरेका हुन् । त्यसैले वामपन्थी बन्नु आफैँमा कति गौरवको विषय हो यो वामपन्थी दाबी गर्नेहरूले नै विचार गर्नु उचित हुनेछ । अहिले पनि वामपन्थी भन्नेबित्तिकै धर्म, संस्कृति, परम्परा, स्थायित्व र सामाजिक मूल्य–मान्यताविरोधी विद्रोहात्मक प्रवृत्तिका मानिस भन्ने बुझिन्छ, सबै वामपन्थी कम्युनिस्ट त होइनन्, तर सबै कम्युनिस्टहरूले स्थायी रूपमै आफूलाई वामपन्थी दाबी गर्ने गरेका कारण ‘सबै वामपन्थी कम्युनिष्स्ट र सबै कम्युनिस्ट वामपन्थी’झैँ देखिएका–भएका छन् ।

राजनीति भनेको देशको रक्षा, जनताको सुरक्षा र विकासको अनिवार्य माध्यम हो । जुन व्यक्ति या समूह देशको रक्षा र जनताका समस्यासँग सम्बन्धित विषयमा मौन रहन्छन्, राजनीतिमा तिनको भूमिका विस्थापित हुँदै जान्छ । पहिले विचार छोड्ने अहिले राष्ट्रिय मुद्दाहरूमा मुख नखोल्ने काङ्ग्रेसले यसैगरी निकम्मा भूमिका राखिरहन्छ भने निकट भविष्यमै यसको अप्रासाङ्गिकता पुष्टि हुनेछ । हिजो काङ्ग्रेससँग आफ्नै मौलिक विचार–दर्शन थियो, त्यसैले कतिपय मुद्दामा कम्युनिस्टसँग समान धारणा बन्दा पनि काङ्गे्रसको प्रभाव, प्रतिष्ठा र विश्वसनीयतामा असर पर्दैनथ्यो । तर, अहिले मौलिक विचार–दर्शनबाट स्खलित काङ्ग्रेसले समसामयिक एजेण्डामा पनि कम्युनिस्टहरूसँग बहकिँदा त्यसले अन्ततः काङ्गे्रस र मुलुकलाई अपूरणीय क्षति पु¥याउने खतरा पैदा भएको छ ।

जे होस्, वामपन्थी भन्नेबित्तिकै एउटा चित्र हरकोहीको मानसपटलमा आवृत्त हुन्छ, वामपन्थीहरूले आफ्नो स्वभाव, सिद्धान्त र चरित्र आजतक हुबहु जोगाएकै छन् । तर, नेपालको सन्दर्भमा दक्षिणपन्थीहरूले आफ्नो मौलिकताको जगेर्ना गर्न सकेका छैनन् । हुन त नेपाली काङ्ग्रेसले आफूलाई मध्यमार्गीका रूपमा पहिचान बनाएको हो, निरङ्कुश राजतन्त्र र त्यस्तो राजतन्त्रका समर्थकहरू अति दक्षिणपन्थी भूमिकामा रहेका बेला काङ्गे्रसले आफूलाई संवैधानिक राजतन्त्र स्वीकार गर्ने मध्यमार्गी शक्तिका रूपमा प्रस्तुत गर्नु अस्वाभाविक पनि होइन । तर, यतिबेला मुलुकमा निरङ्कुश र संवैधानिक दुवै रूपको राजतन्त्र अस्तित्वमा छैन । राजतन्त्रको विस्थापनसँगै नेपाली काङ्ग्रेस वामपन्थी दृष्टिमा पूराका पूरा दक्षिणपन्थी कित्तामा परिसकेको छ, तर दक्षिणपन्थी शक्तिमा हुनैपर्ने आधारभूत गुण काङ्गे्रसले गुमाएको छ । वामपन्थी कम्युनिस्टजस्तै ‘क्रान्तिकारी’ भनाइने भ्रमपूर्ण रहरबाट काङ्ग्रेस मुक्त हुन अझै खाजिरहेको छैन । हजार कोसिस गरे पनि कम्युनिस्टजत्तिकै नकारात्मक, उनीहरूजस्तै विध्वङ्सात्मक र गैरजिम्मेवार बन्न काङ्ग्रेसले नसक्नुपर्ने हो, तर पछिल्लो दशकमा काङ्ग्रेस सिद्धान्त, नीति र विचारशून्य बन्दै अब भाव र जीवनशून्यको अवस्थातिर पुगेको आभास हुँदै छ । काङ्ग्रेस सिद्धान्त र विचारविहीन भीड थिएन र होइन, हो भने भीडको अस्तित्व अल्पकालका लागि मात्र हुन्छ भन्ने बुझ्नुपर्दछ ।

पर्दापछिल्तिर जो भए पनि अघिल्तिर आएर वामपन्थी कम्युनिस्टहरूले कुनै पनि रूपको राजसंस्था अस्वीकार गरौँ भन्ने प्रस्ताव राखे, काङ्ग्रेसका नेताहरू (बीपी, गणेशमान र किसुनजीबाहेक)ले सहजै त्यसको स्वागत गरे । कम्युनिस्टहरूले धर्मनिरपेक्षता हुनुपर्छ भने काङ्गे्रसले त्यसमा पनि सही ठोकिदियो । सार्वभौमिकता विभाजन गरी सङ्घीय संरचनामा जानुपर्ने नारा कम्युनिस्टले अघि सारे, त्यसमा पनि काङ्ग्रेसका नेताले सहमति जनाए । संसदीय प्रणालीको मौलिक स्वरूपलाई भत्काउन वामपन्थी कम्युनिस्टले समानुपातिक र समावेशी अवधारणा लागू गर्नुपर्ने नारा लगाए, काङ्गे्रस त्यसमा पनि सहमत भइदियो । समग्रमा काङ्ग्रेस प्रजातन्त्रको मूल्य र मर्मबाट स्खलित भयो । आफ्ना विचार, दर्शन, नीति र सैद्धान्तिक मूल्य मान्यताबाट च्यूत काङ्ग्रेसलाई आफ्नो तालमा नचाउन वामपन्थीहरू अझै सफल हुँदै छन् । वामपन्थी कम्युनिस्टहरू कसको तालमा नाच्छन् त्यो रहस्य या अनुसन्धानको विषय हो, तर काङ्ग्रेसचाहिँ विगत बाह्र वर्षदेखि केवल वामपन्थी कम्युनिस्टको इसारामा नाच्दै आएको महसुस हामी सबैले गरिआएका छौँ ।

लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्त रहँदा काङ्गे्रसको साख जोगिने त होइन, तर कार्कीलाई महाअभियोग लगाएर पदमुक्त गर्न सक्दा वामपन्थीहरूको मनोबल ‘भक्कुको राँगो’झैँ बढ्ने र त्यसले अन्ततः देश, प्रजातन्त्र र काङ्ग्रेसलाई नै थप क्षति पु¥याउनेमा भने शङ्का गरिरहनुपर्दैन । आफ्नो विचार–दर्शन, नीति र कार्यक्रम वामपन्थी कम्युनिस्टका पाउमा समर्पण गरिसक्दा पनि काङ्गे्रसप्रतिको दृष्टिकोण र व्यवहारमा उनीहरूले परिवर्तन ल्याएका छैनन् । काङ्ग्रेस विचारको विघटन गराइसकेपछि भौतिक तथा राजनीतिक रूपमा समेत काङ्गे्रस सिध्याउने नियोजित अभियानमा अहिले कम्युनिस्टहरू छन् । ब्वाँसोको मसाजमा मख्ख गोरुले आफ्नो ‘राजखानी’ टप्काएको थाहा नपाएझैँ काङ्ग्रेस वाम–मसाजमा दङ्गदास छ । आगामी चुनावहरूपछि मात्र काङ्ग्रेसको होस फर्किनसक्ला, तर गुमेको ‘राजखानी’ कसरी फर्किएला खै ?

कम्युनिस्टहरू देशको सीमा मिचियो भनेर होहल्ला गर्छन्, काङ्ग्रेस मौन बस्छ, कुनै प्रतिक्रिया जनाउँदैन । देश भुटानीकरण भयो भनेर एकथरी कम्युनिस्ट चिच्याउँछन्, काङ्ग्रेसको वाक्य फुट्दैन, हो–होइन केही भन्दै भन्दैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूहरूबाट भए–गरेका अनियमितता र भ्रष्टाचारमाथि समेत आँखा लगाउन थालेपछि झस्किएका कम्युनिस्टहरूबाट प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध ‘महाअभियोग’ प्रस्ताव प्रस्तुत हुँदाचाहिँ काङ्ग्रेस पनि वामपन्थीहरूको लोलीमा बोली मिसाउँलाझैँ गर्दै छ । लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्त रहँदा काङ्ग्रेसको साख जोगिने त होइन, तर कार्कीलाई महाअभियोग लगाएर पदमुक्त गर्न सक्दा वामपन्थीहरूको मनोबल ‘भक्कुको राँगो’झैँ बढ्ने र त्यसले अन्ततः देश, प्रजातन्त्र र काङ्ग्रेसलाई नै थप क्षति पु¥याउनेमा भने शङ्का गरिरहनुपर्दैन । आफ्नो विचार–दर्शन, नीति र कार्यक्रम वामपन्थी कम्युनिस्टका पाउमा समर्पण गरिसक्दा पनि काङ्ग्रेसप्रतिको दृष्टिकोण र व्यवहारमा उनीहरूले परिवर्तन ल्याएका छैनन् । काङ्ग्रेस विचारको विघटन गराइसकेपछि भौतिक तथा राजनीतिक रूपमा समेत काङ्ग्रेस सिध्याउने नियोजित अभियानमा अहिले कम्युनिस्टहरू छन् । ब्वाँसोको मसाजमा मख्ख गोरुले आफ्नो ‘राजखानी’ टप्काएको थाहा नपाएझैँ काङ्ग्रेस वाम–मसाजमा दङ्गदास छ । आगामी चुनावहरूपछि मात्र काङ्गे्रसको होस फर्किनसक्ला, तर गुमेको ‘राजखानी’ कसरी फर्किएला खै ? राष्ट्रियता, प्रजातन्त्र र समाजवादका आधारभूत मूल्य–मान्यताबाट स्खलित काङ्गे्रसका नेताहरूले कम्युनिस्टहरूको रक्षाकवच बन्दा मात्रै आफ्नो भविष्य जोगिने ठानेका हुन् भने योभन्दा ठूलो भ्रम सायदै अर्को हुनेछ । टाउको छुट्टिएपछि पनि प्राणी केही समय जीवित रहन्छ, टाउकोबिना पनि केहीबेर हिँडिरहन्छ भन्ने सन्दर्भको स्मरण गर्ने हो भने विचार, दर्शन र सिद्धान्तहीन बन्ने मार्गमा यात्रारत काङ्ग्रेसले लोकमान प्रकरणमा प्रकट गरेको व्यवहार टाउको छुट्याइएको कुखुराको भालेकै जस्तो हो भन्न सकिन्छ, जुन तत्काल जिउँदै देखिए पनि खासमा मरिसकेको हुन्छ ।

राजनीति भनेको देशको रक्षा, जनताको सुरक्षा र विकासको अनिवार्य माध्यम हो । जुन व्यक्ति या समूह देशको रक्षा र जनताका समस्यासँग सम्बन्धित विषयमा मौन रहन्छन्, राजनीतिमा तिनको भूमिका विस्थापित हुँदै जान्छ । पहिले विचार छोड्ने अहिले राष्ट्रिय मुद्दाहरूमा मुख नखोल्ने काङ्गे्रसले यसैगरी निकम्मा भूमिका राखिरहन्छ भने निकट भविष्यमै यसको अप्रासाङ्गिकता पुष्टि हुनेछ । हिजो काङ्ग्रेससँग आफ्नै मौलिक विचार–दर्शन थियो, त्यसैले कतिपय मुद्दामा कम्युनिस्टसँग समान धारणा बन्दा पनि काङ्गे्रसको प्रभाव, प्रतिष्ठा र विश्वसनीयतामा असर पर्दैनथ्यो । तर, अहिले मौलिक विचार–दर्शनबाट स्खलित काङ्गे्रसले समसामयिक एजेण्डामा पनि कम्युनिस्टहरूसँग बहकिँदा त्यसले अन्ततः काङ्ग्रेस र मुलुकलाई अपूरणीय क्षति पु¥याउने खतरा पैदा भएको छ । ‘दायाँतर्फ’ दृढतापूर्वक उभिएर देशको राष्ट्रियता, धर्म, एकता, सामाजिक सद्भाव, प्रचलित प्रजातन्त्र र पारम्परिक मूल्य–मान्यता जोगाउन असमर्थ भए पनि ‘बायाँतर्फ’को ‘लाइन’ बलियो बनाउने भूमिका मात्र काङ्गे्रसले निर्वाह गरिदिएन भने पनि काङ्गे्रसजनले ओइलिनुपर्ने थिएन । बीपी, गणेशमान र किसुनजीजस्ता दूरदर्शी नेताहरूको अभाव यतिबेला खट्किएको छ । वामपन्थी कम्युनिस्टका सबै एजेण्डा सही मान्ने र तिनका नीति, निर्णय र निर्देशनअनुरूप मार्ग अवलम्बन गर्नुपर्ने भए यो काङ्ग्रेस नाममा बेग्लै राजनीतिक समूह बनाएर राखिरहनुपर्नेचाहिँ किन भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । “Last day of Judgement सुरु भइसकेको छ, अब पनि काङ्ग्रेस कम्युनिस्टकै हितका प्रति ‘समर्पित’ र ‘क्रियाशील’ रहन्छ भने भोलिको पुस्ताले नेपाली काङ्ग्रेसलाई इतिहासका पुस्तकको पानामा मात्र पाउनेछन् भन्न अब पनि हिचकिचाउनु भनेको काङ्ग्रेसको आत्महत्याको साक्षी बस्नु हो । जय नेपाल ।

२५ कार्तिक २०७३, बिहीबार २१:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार सम्हालेकी छिन् ।..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडीन् साइन बोर्ड

काठमाडौँ, ४ फाल्गुण । व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फीर्ता ल्याएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित..

चीनबाट फर्काइएका नेपालीलाई खरिपाटी लगियो

काठमाडौँ, ४ फाल्गुण । कोरोना भाइरसको उद्गमथलो चीनको वुहान शहरबाट १७५ जना नेपालीको उद्वार गरिएको छ । उनीहरु..