३४ औं सम्मेलन बाल्टिमोरमा आयोजना गर्ने घोषणा गर्दै एएनए एटलांटा सम्मेलन सम्पन्न

विश्व थापा, एटलांटा, २१ असार । दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए)को एटलांटा सम्मेलन ६ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ l गत जुलाई १ देखि ४ तारिख सम्म भएको एएनएको सम्मेलनको नेपाल फोरम नामक कार्यक्रमको लागि नेपाली कांग्रेसका युवा नेता गगन थापा ,नेकपा एमालेका सभासद रबिन्द्र प्रसाद अधिकारी ,राजनैतिक समीक्षक ,पत्रकार जय निशान्त तथा संचारकर्मी तथा कार्यक्रम प्रस्तोता भुषण दाहाल आएका थिए ।

कार्यक्रमको समुद्घाटन अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले गरेका थिए । तीन दिन सम्म चलेको उक्त सम्मेलनमा खेलकुद ,सांस्कृतिक कार्यक्रम ,नेपाल फोरम ,बिबिध बिषयका संगोष्ठी ,भेषभुषा प्रदर्शन ,प्रतिभा प्रतियोगिताहरु रहेका थिए।
अन्तिम दिन साधारण सभाले ६ बुदे एएनए घोषणा पात्रा जारी गर्दै यस बर्षको एएनएन सम्मेलन सम्पन्न गरेको छ । संस्थाको तर्फ बाट नेपालबाट आएका बिशेष अतिथिहरुमा नेता सांसद गगन थापा ,नेकपा एमालेका सभासद रबिन्द्र प्रसाद अधिकारी , राजनैतिक समीक्षक ,पत्रकार जय निशान्त तथा संचारकर्मी तथा कार्यक्रम प्रस्तोता भुषण दाहाल तथा राजदुत डा अर्जुन कुमार कार्कीलाई सहभागिता जनाएकोमा बिशेष धन्यवाद दिएको छ।

दोश्रो, एएनए का सदस्य तथा रोजर अधिकारीको नेतृत्वमा रहेको वर्तमान कार्यकारी समितिले समस्यामा जकडिएको संस्थालाई पुनर्स्थानमा ल्याउन सकेकोमा धन्यबाद दिएको कुरा छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ । तेश्रो ,एएनए फुटबल खेलका बिजेतालाई २०१७ मा नेपालमा हुने खेलकुदमा सहभागी गराइने भएको छ । चौथो ,अर्को बर्ष एएनए कार्यकारी समितिको निर्वाचनको लागि ३ सदस्यीय निर्वाचन समितिको गठन गर्दै डा शैलेन्द्र शुक्ला सभापति ,नविन दत्त उपसभापति तथा अनिल पाठक सदस्य रहेको समितिको समेत घोषणा गरिएको छ ।

२२ असार २०७३, बुधबार ००:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..