बेलायती सांसदको हत्यापछि सोमबारका लागि संसद बैठक आह्वान

लन्डन, ५ असार । बेलायतको योर्क सायर क्षेत्रमा अवस्थित ब्रिस्टल गाउँमा बिहीबार एक सांसदको हत्या भएपछि घटनाको विवरण बुझ्न प्रधानमन्त्री डेभिड क्यामरुन ब्रिस्टल पुग्नुभएको छ ।

ब्रिस्टलमा प्रतिपक्षी लेवर पार्टीका नेता र प्रधानमन्त्री डेभिड क्यामरुनले एक संयुक्त समारोहलाई सम्बोधन गर्दै सम्बद्ध सबैलाई संयम बन्न आग्रह गर्नुभएको छ ।

प्रतिपक्षी दलका सांसद जो कक्सलाई गोली हानी मारेको स्थल नजिकै आयोजित सभामा सम्बद्ध सबै जनतालाई सार्वजनिक रुपमा गरिने बहसमा संयम बन्न अनुरोध गर्नुभएको हो ।

यसैगरी सांसदको हत्या भएपछिको अवस्थामा प्रधानमन्त्री क्यामरुनले आगामी सोमबारका लागि संसद बैठकको आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्रीले प्रतिपक्षी दलको अनुरोधमा संसद बैठक बोलाएको जनाइएको छ । रासस÷एएफपी

५ असार २०७३, आईतवार ०५:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..