आमाबाट बच्चामा एचआइभी संक्रमण दर हटाउने थाइल्याण्ड पहिलो एसियाली देश

बैंकक, २६ जेठ, (एपी)। थाइल्याण्ड एचआइभी संक्रमित गर्भवती आमाबाट बच्चामा यसको सङ्क्रमण हटाउन सफल पहिलो एसियाली देश भएको छ ।

यस्तो देशको सूचीमा थाइल्याण्ड परेको र उक्त देश यस्तो सङ्क्रमण हटाउन सफल पहिलो एसियाली देश बनेको विश्व स्वास्थ्य संगठनले बुधबार घोषणा गरेको छ ।

थाइल्याण्डको जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थाइल्याण्डले गर्भवती आमामा रहेको एचआइभी सङ्क्रमण ती आमाबाट बच्चा जन्मिदा उनको बच्चामा पनि सर्ने खतरालाई लगभग उन्मूलन गरेको छ ।

उक्त मन्त्रालयको तथ्याङ्कअनुसार थाइल्याण्डमा यस्ता आमाबाट तिनका बच्चामा एचआइभी सङ्क्रमणको दर हाल १.९१ प्रतिशतमा झरेको छ ।

यो दर सन् २००३ मा १०.३ प्रतिशत थियो । तर हाल आएर भने यो सङ्क्रमण दरमा निकै कमी आएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार यस्तो सङ्क्रमण सर्ने दर २ प्रतिशतभन्दा कम आयोभने त्यसलाई उन्मूलन भएको रुपमा मापन गरिन्छ ।

त्यस्तै एक लाख यस्ता आमाहरुबाट बच्चा जन्मिदा ५० जनाभन्दा कम बच्चामा यस्तो सङ्क्रमण देखियो भनेपनि त्यस्तो अवस्थालाई पनि सङ्क्रमण उन्मूलन भएको अवस्थाका रुपमा मापन गर्ने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनले बुधबार थाइल्याण्डले यस क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भनेको छ । साथै एचआइभीलाई पनि हराउन सकिन्छ भनेर विश्वमा थाइल्याण्डले देखाएको पनि बताएको छ ।

२६ जेष्ठ २०७३, बुधबार १८:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..