साहित्यकार नकुल सिलवालद्वारा आत्महत्या

काठमाडौँ, १६ जेठ । बगर फाउन्डेसनका संस्थापक अध्यक्ष साहित्यकार नकुल सिलवालले आफ्नै निवासमा आत्महत्याको प्रयास गर्दा परिवारजनले भेटी उपचारका लागि अस्पताल लैजाँदा मृत्यु भएको छ ।

बिहान करिब ७ बजे कोठामा एक्लै भएका बेला सिलवालले आत्महत्याको प्रयास गरेपछि परिवारले थाहा पाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गल लैजाँदा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

सिलवालको शव अहिले परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको वृत्तका प्रहरी सहायक निरीक्षक रामविनय सिंहले राससलाई जानकारी दिनुभयो ।

विसं २०१९ मा सिन्धुपाल्चोकको सेलाङ गाविसमा जन्मनुभएका साहित्यकार सिलवालले २०३९ सालमा बगर फाउन्डेसन खोली नेपाली साहित्यिक कृतिको प्रकाशन र ‘बगर’ र ‘नदी’ पत्रिका सम्पादन गर्दै आउनुभएको थियो ।

उहाँका कथा, निबन्ध, उपन्यास, लेख, कविता सङ्ग्रहलगायत एक दर्जन पुस्तक प्रकाशन भएको छिमेकी एकराज आचार्यले बताउनुभयो । साहित्यकार सिलवालले विभिन्न विधाका पाँच दर्जन कृतिको सम्पादन समेत गर्नुभएको छ । हाल ओमकारमार्ग, शान्तिनगर नयाँ बानेश्वरमा बस्दै आउनुभएका उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ । रासस

१७ जेष्ठ २०७३, सोमबार ००:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कहिले चल्छन् लामो दूरीका सवारी साधन ?

काठमाडौँ, ३१ असार । सरकारले जिल्लाभित्र चल्ने सवारी साधन चलाउने निर्णय गरेपनि लामो दूरीका सवारीबारे भने निर्णय भएको छैन । तर लामो..

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयको यस्तो प्रष्टिकरण

काठडमाडौँ, ३० असार । परराष्ट्र मन्त्रालयले भगवान रामचन्द्रको जन्मस्थल अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा..

कर्णाली प्रदेशका सांसदमा कोरोना पुष्टि

सुर्खेत, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा..

भगवान राम र अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको भाजपाद्वारा निन्दा

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्मस्थल अयोध्या नेपालमा पर्ने..

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन..