केडिया अपहरणमुक्त , नेपाल ल्याउने क्रमजारी

बारा, १६ जेठ । चार दिनदेखि अपहरणमा परेका सुरेश केडिया नेपाल र भारत प्रहरीको अथक प्रयासमा आइतवार प्रहरीको सम्पर्कमा आएका छन् ।

बिहीबार साँझ बारा जिल्लाको पसाहा पुलबाट अपहरित केडिया अर्गनाइजेशनका सदस्यसमेत रहेका केडियालाई नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले भारतको बिहार राज्यको पुर्वी चम्पारण जिल्लाको मोतिहारीबाट सकुशल अपहरण मुक्त गरी नेपाल ल्याएपछि आजै पत्रकार सम्मेलन गरी सबै जानकारी सार्वजनिक गरिने बारा प्रहरीले जनाएको छ ।साथै छ जना अपहरणकारीलाई पक्राउ गरिएको पनि बताईएको छ ।

केडियाको खाजी कार्यमा खटिएको भारतीय प्रहरीको एउटा टोलीले छापा मारी बन्धक बनाइएको ठाउँबाट अपहरणमुक्त गराइएको र अहिले नेपाल ल्याउने काम भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले बताउनुभयो ।

बाराको महागढीमाइ नगरपालिका स्थित बरियारपुर गएका खाद्य उद्योगका सञ्चालक केडिया घर फर्किने क्रममा पसाहा पुलबाट बिहीबार साँझ साढे ६ बजे अपहरणमा पर्नुभएको थियो । उहाँ सवार बा १० च ७२४० नम्बरको गाडी रोकेर उनका चालक उमेश कानुमाथि गोली प्रहार गरी भारतीय अपहरणकारीहरुले केडियालाइ लगेका थिए ।

१६ जेष्ठ २०७३, आईतवार २३:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त

काठमाडौँ, २४ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले..

१९ दिनमा ६१ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

काठमाडौँ, २४ चैत्र । चैत्र महिना सुरु भएपछि विदेशमा रहेका नेपाली फर्किने क्रम तीब्र बनेको छ । पछिल्लो १९ दिनको..

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ ।..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..