टोकियोमा केहि हप्ता पहिला हराएका गुरुङ मृत्य फेला

जापान, ३ जेठ । कास्की ढिकुर पोखरी वडा नं-६ काँडे घर भै बिगत ७ बर्ष देखि जापानमा बस्दै आएको बुद्धि बहादुर गुरुङ मृत अवस्थमा फेला गरेका छन्। उनलाई प्रहरीले चिबा केनको जंगलमा मृत अवस्थामा फेला पारेको हो ।

केहि हप्ता पहिला देखि हराई रहेका गुरुङको आफन्तहरुले खोजि गर्ने क्रममा चिबा प्रहरीबाट उक्त खबर पाएको उनकी श्रीमती र आफन्तले जानकारी दिएका छन्।

४१ बर्षीय गुरुङको लास नचिन्ने अवस्थामा थियो भने उक्त लास चिबा प्रहरीले डीएनए परिक्षण गरि १५ मे आईतबार उनका श्रीमती,आफन्त र तमु धीं जापानलाई जिम्मा दिएको छ । अस्पतालको रिर्पोट अनुसार गुरुङले आत्महत्या गरिएको हो भन्ने पुष्टी भएको प्रहरीले जनाएको छ। १ छोरा र १ छोरीका बुबा रहेका गुरुङ केहि महिना अघि मात्रै बिदामा नेपाल पुगेर श्रीमतीसँगै जापान आएका थिए ।

आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। अर्को हप्ता अर्थात् २२ मे आईतबार चिबा केनमानै उनको दाहसंस्कार गरिने परिवारले जनाएको छ। उक्त दाहसंस्कार तथा अन्तिम श्रदान्जली अर्पण गर्न जापानबासी नेपाली दाज्युभाई दिदीबहिनीहरुलाई तमु धीं जापानले अनुरोध गरेको छ ।

३ जेष्ठ २०७३, सोमबार १९:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..