संयुक्त अरव इमिरेट्स युएइको दुतावास काठमाडौँमा, नेपाली कामदारका लागि सहज

काठमाडौँ, २८ वैशाख । संयुक्त अरब इमिरेट्स (युएइ)ले आजदेखि काठमाडौँमा विधिवत् रुपमा आफ्नो दूतावास स्थापना गरी सेवाको सुरुवात गरेको छ ।

नेपाल र युएइबीच २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सन् २०१० मा नै युएइले नेपालमा दूतावास स्थापना गर्ने निर्णय गरेको थियो ।

दूतावास स्थापनासँगै अब युएइको भ्रमण गर्न, रोजगारीका लागि जाने श्रमिक तथा व्यापार गर्न त्यहाँ जाने नेपाली नागरिकलाई निकै सजिलो भएको छ । हाल युएइमा दुई लाखको हाराहारीमा नेपाली विविध क्षेत्रमा कार्यरत छन् । युएइले यसअघि भारतको नयाँदिल्लीबाट दूतावास नेपालसम्बन्धी काम हेर्ने गर्दथ्यो ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र युएइका विदेश तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले आज यहाँ आयोजित विशेष कार्यक्रममा राजदूतावासको उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँहरुले संयुक्त रुपमा पानीपोखरीमा अवस्थित राजदूतावासको हाताभित्र युएइको राष्ट्रिय झन्डाको झन्डोत्तोलनसमेत गर्नुका साथै भवनमा रहेका कार्यकक्षको अवलोकन गर्नुभएको थियो ।

विदेशमन्त्री नाह्यान युएइका प्रथम राष्ट्रपति एवम् अमिरका सुपुत्र हुनुहुन्छ । दूतावास उद्घाटन एवम् सेवा सुरुवात गर्न उहाँ विशेष विमानद्वारा आजै नेपाल आउनुभएको थियो ।

सो समारोहमा परराष्ट्र मन्त्रालयका सचिव शङ्कर वैरागी, मन्त्रालयका शिष्टाचार अधिकृत चक्र सुवेदी एवम् नेपालका लागि युएइका नवनियुक्त राजदूत सइद हमदान अल नाक्वीलगायतको सहभागिता रहेको थियो ।

नवनियुक्त राजदूत नाक्वीले आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गर्नुभएको छैन ।

कूटनीतिक सम्बन्ध भएपछि आजको दिन ऐतिहासिक उपप्रधानमन्त्री थापा

सो अवसरमा सङ्क्षिप्त मन्तव्य राख्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले नेपालमा युएइले आफ्नो राजदूतावास स्थापना गरी सेवाको सुरुवात भएसँगै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाल र युएइबीच २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध भएपछि आजको दिन ऐतिहासिक रहेको चर्चा गर्दै नेपालको आर्थिक एवम् पूर्वाधार विकासमा युएइले महत्वपूर्ण सहयोग गरिराखेको चर्चा गर्नुभयो ।

गत वर्ष नेपालमा आएको भूकम्पको उद्धार र राहत तथा पुनः निर्माणमा युएईले गरेको सहयोगको स्मरण गर्दै युएईमा कार्यरत नेपाली युवालाई नेपालमा स्थापना भएको राजदूतावासले सहयोग पु-याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल युएइ दुईपक्षीय सम्बन्ध नयाँ उचाइमा : युएइका विदेशमन्त्री नाह्यान

सो अवसरमा युएइका विदेशमन्त्री नाह्यानले आफ्नो देशले वर्षाैंदेखि अन्तर्राष्ट्रियस्तरमा नेपाललाई नजिकको असल मित्र तथा साझेदारका रुपमा हेरेको बताउनुभयो ।

उहाँले सन् २०१५ को अप्रिल तथा मे महिनामा नेपालमा गएको भूकम्पले पुर्याएको क्षतिप्रति युएइका जनतालाई गहिरो दुःख लागेको चर्चा गर्दै नेपाली जनतालाई थप आवश्यक सहयोग गर्न युएइ सरकार तयार रहेको जानकारी दिनुभयो ।

२८ बैशाख २०७३, मंगलवार २१:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..