यूएईमा युएईस्तरीय खुल्ला भलिबल प्रतियोगिता सम्पन्न

मणि सुवेदी, युएई । झापाली समाज, यूएई सामाजिक, साँस्कृतिक, साहित्यिक क्षेत्रसँगै खेलकुदमा पनि सक्रिय देखिएको छ । यूएईमा छोटो समयमा स्थापना भएर पनि रचनात्कम क्रियाकलापमा अब्बल ठहरिएको यस समाजले खेलकुद क्षेत्रमा पनि पाइला चालेको छ । समाजको सारजाह क्षेत्रीय समितिले युएईस्तरीय खुल्ला भलिबल प्रतियोगिता गत ६ मे, शुक्रबार सम्पन्न गरेको छ । सारजाहको अल वादा खेल मैदानमा सञ्चालन भएको खेल युएईमा रहेका नेपाली खेलाडीहरुको खेल क्षमता अभिवृद्धि गर्ने साथै यूएईमा क्रियाशील सामाजिक संस्थाहरुसँग मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्ने उदेस्य राखिएको आयोजना गरिएको सारजहा क्षेत्रीय समितिका अध्यक्ष तथा खेल संयोजक रामकुमार राउतले बताए । विभिन्न क्षेत्र तथा समूहका १३ वटा टिमको सहभागितामा खेलाडीहरुबाट उत्कृष्ट खेलहरु प्रदर्शन गरिएको थियो । टिटी फम्र्याटमा खेलाइएको खेलमा क्रमशः एन आर एन सारजाह प्रथम, अल क्वुज मंगोलियन दोस्रो र बाग्लुङ्ग सेवा समाज तेस्रो स्थानमा बिजयी भएका थिए । झापाली समाज युएईका संरक्षक हेमन्त पौडेल, कार्यवाहक अध्यक्ष मोहन शिवाकोटी, उपाध्यक्षहरु राजेन्द्र दाहाल, डिल्ली खतिवडा लगायत र अधिकांश केन्द्रीय तथा क्षेत्रीय पदाधिकारिहरु उक्त प्रतियोगिताको सफलताका लागि भेला भएका थिए । विजयी खेलाडीहरुलाई नगद पुरस्कार क्रमशः १२ सय, ६ सय र ४ सय साथै प्रमाण पत्र र मेडलहरु बितरण गरिएको थियो । यस्तै खेल सञ्चालनमा सहयोग गर्ने रेफ्रीहरु र अन्य सहयोगीहरुलाई आयोजकका तर्फबाट धन्यवाद सहित प्रशंसा पत्र प्रदान गरियो । झापाली समाज युएई केन्द्रीय समितिसँगै सम्पूर्ण क्षेत्रीय समितिका पदाधिकारीहरुको उल्लेखनीय उपस्थितिमा समाजका कार्यबाहक अध्यक्ष मोहन शिवाकोटीबाट खेलको औपचारिक रुपमा सुरुवात गरिएको थियो । करिब ४७ डिग्री तातो मौसममा पनि खेलाडीहरु तथा खचाखच दर्शकहरुको उपस्थितिमा खेल सम्पन्न भएको थियो । विभिन्न समूहहरुबीच भएको रोमाञ्चक प्रतियोगिताले नेपालकै गाउँघरमा भएको अनुभूति दिलाएको झापाली समाज, दुबई क्षेत्रीय समितिका उपाध्यक्ष टेकबहादुर अधिकारीले बताए । एनआरएन सारजहा र दुबई क्षेत्रीय समितिबीच भएको खेल अत्यन्त रोचक रहेको अबुधाबी क्षेत्रीय समितिका सल्लाहकार सदस्य शेषराज न्यौपानेले प्रतिक्रिया दिएका छन् । तातिदै गएको यहाँको मौसमलाई भलिबल प्रतियोगिताले झनै तताएको र भव्य साथै सभ्य ढंगले खेल सम्पन्न भएकोमा समाजका सारजहा क्षेत्रीय सचिव रोहितकुमार भण्डारीले विज्ञप्तिमार्फत् आभार प्रकट गरेका छन् । यसै गरी झापाली समाज युएईले नेपाली नयाँवर्ष २०७३ सालको भित्तेपात्रो पनि सोही मैदानमा एक कार्यक्रमका बीच सार्वजानिक गरेको समाजका सारजहा क्षेत्रीय कोषाध्यक्ष भरत बुडाथोकीले जानकारी दिएका छन् ।

२६ बैशाख २०७३, आईतवार १४:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई गरेका छन् । कोरोना..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..