नेपाली अमेरिकनको अर्को सफलता, मधुसुदन पन्थी हेमार्केट नगरको योजना आयुक्त नियुक्त

भर्जिनिया । नेपाली अमेरिकनले अमरिकी मुलधारमा सामाजिकीकरण हुने प्रक्रियामा अर्को एउटा सफलता हात पारेका छन । यस्तो सफलता मातृभूमि नेपालको अर्घाखाची घर भएका मधुसुदन पन्थीले संयुक्तराज्य अमेरिकाको राजधानी डिसी महानगर क्षेत्र नजिकैको हेमार्केट शहरका लागि योजना आयुक्तमा नियुक्त पाएर सम्भव भएको हो ।

प्रिन्स विलिएम काउन्टी भर्जिनियाको हेमार्केट शहरका नगर प्रमुख डेविड एम लिकले गत अप्रिल २५ तारिख पन्थीलाई आयुक्त नियुक्त गरेका हुन् । पन्थीले यसै साता सपथ ग्रहण लिएका छन् ।

पन्थी परिवार सहित भर्जिनियाको हेमार्केट क्षेत्रमा बसोबास गर्दछन । हेमार्केटको जनसख्या झन्डै दुई हजार रहेको छ भने सन् २०१० को जनगणना अनुसार करिब ६ सय घर तथा ५ सय जति परिवार रहेको तथ्यांकले बताउछ । पन्थी बसोबास गर्ने शहरमा करिब ११ प्रतिशत एसियन मुलका मानिस बसोबास गर्दछन ।

झन्डै १५ बर्ष अगाडी सपरिवार अमेरिकामा बसाइ सरेका पन्थी पश्चिम नेपालको अर्घाखाची जिल्लाको चिदिका ९, मधुखेल गाउँका वासिन्दा हुन । राजधानी काठमाडौँको बिश्व निकेतन उच्च माध्यमिक विद्यालयबाट १० कक्षा पास गरे पछि पगाउँ फर्किएका पन्थी सेवा परमो धर्म लाई जिन्दगीको मार्गदर्शक सिद्धान्त मान्छन र त्यहि कर्मले संयुक्तराज्य अमेरिकाको राजधानी डिसी महानगर क्षेत्रको हेमार्केटमा शहरको योजना आयुक्त जस्तो पदमा नियुक्त हुन् सफल भएको उनको भनाई छ ।

Sudan Panthiडाइभरसिटि भिषा अन्तर्गत अमेरिका पसेका पन्थी अमेरिकी मूलधारमा नेपाली अमेरिकनको सामाजिकीकरणको लागि एउटा प्रतिनिधिमूलक सफलता भएको भन्न रुचाउने अमेरिकी युवा राजनीतिज्ञ ह्यारी भण्डारीको सब्दमा नेपाली अमेरिकनको लागि पनि व्हाइट हाउस टाढा छैन ।

भर्जिनियाको हेमार्केटमा बस्दै आएका पन्थी डिसी महानगर क्षेत्रका नेपाली गैर मुनाफा सामाजिक बिभिन्न संघ तथा संस्था संलग्न रहदै आएका थिए । पन्थी डिसी महानगर क्षेत्रको क्रियाशील सामाजिक संस्था अमेरिका नेपाली सहयोगी समाजका संस्थापक संरक्षक पनि हुन् ।

आफ्नो नियुक्ति लगत्तै पन्थीले भने, ‘आफु सानै देखि समाज सेवामा सक्रिय रहदै आएको र अमेरिकामा पनि सेवामुखी कामलाई निरन्तरता दिदै आएको थिए त्यसकै परिणाम मैले यो नियुक्ति पाएको हुँ । म नेपाल र नेपालीको नाम र प्रतिष्ठा सदैव उच्च राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

२४ बैशाख २०७३, शुक्रबार २२:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..