ब्ल्याकटाउन नेप्लीज कम्युनिटीको कार्यसमितिमा निरौला

अस्ट्रेलिया । न्यू साउथवेल्सको ब्ल्याक टाउन क्षेत्रमा बस्ने नेपालीहरुको संस्था नेप्लीज कम्युनिटीको अध्यक्षमा कृष्ण निरौला चुनिएका छन् । संस्थाको अन्य पदाधिकारीमा दुर्गा बन्जाडे उपाध्यक्ष, सन्तोष दाहाल सचिव, ईश्वर ढकाल सहसचिव, सीताराम घिमिरे कोषाध्यक्ष रहेका छन् । यस्तै कार्यसमितिका सदस्यहरुमा विनोद दाहाल, जीवनाथ नेपाल, कल्याण कँडेल, महेश पन्त, परशुराम थापा, प्रतिज्ञा अधिकारी, रन विसी, रुपक चुडाल, समिर घिमिरे, सन्दीप सापकोटा, शैलेश शर्मा, सुवांश साह रहेका छन् । नवगठित संगठन ब्ल्याकटाउन नेप्लीज कम्युनिटी बीएनसीको प्रथम साधारणसभाले नयाँ कार्यसमिति चुनेको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, लेबर पार्टीकी नेतृ मिशेर रोल्याण्ड, एमपी एड हुसिक, ब्ल्याकटाउन सिटी काउन्सिलका काउन्सिलर सुसी बेन्जामिन, एनआरएन ओसेनिया क्षेत्रयि संयोजक महेन्द्र लम्साल, लगायतले कार्यसमितिको सफलताको कामना गर्नुको साथै नवनिर्वाचित टिमलाई बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा बालबालिकासहित स्थानीय कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुति देखाइ मनोरञ्जन प्रदान गरेका थिए ।

२३ बैशाख २०७३, बिहीबार २०:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..