हङकङमा सम्पन्न नवौं स्याङ्जा कप पर्वत र आँधीखोला स्याङ्जालाई

मुककाजी काजी गुरुङ, हङकङ । यस वर्षको मजदुर दिवसको अवसर पारेर बर्षेनी आयोजना गर्दै आईरहेको स्याङ्जा जनसेवा समिती हङकङको आयोजनामा यस बर्ष पनि ०१ में २०१६ का दिन चुनमुन बटरफ्लाई बीच नेपालबाट आमन्त्रित राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीहरुको उपस्थितिमा साथै बिबिध कार्यक्रमहरुसंगै नवौं खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता -२०१६ सम्पन्न भएको छ।

प्रतियोगितामा घान्द्रुक समाज हङकङ, आंधीखोला स्याङ्जा ए, आंधीखोला स्याङ्जा बी, सनराईज स्पोर्टस क्लब, पर्वत, मर्दीखोला समाज, बाग्लुङ, संखुवासभा, पुन क्लब र यूनिटी क्लब गरि १० टीमको सहभागिता रहेको थियो भने महिला तर्फ स्याङ्जा आंधीखोला स्पोर्ट्स क्लब, पुन क्लब, घान्द्रुक समाज र बाग्लुङ गरी ४ टीमको सहभागिता रहेको थियो।

पहिलो खेल घान्द्रुक बिरुद्ध आंधीखोला स्याङ्जा ए बिच हुंदै मर्दीखोला बिरुद्ध बाग्लुङ, यूनिटी बिरुद्ध पर्वत र पुन क्लब बिरुद्ध आंधीखोला स्याङ्जा बी, यसैगरी सनराईज र संखुवासभा दुबै टीमले क्वार्टर फाईनल भिडेका थिए भने उक्त भिडन्तबाट पोल ए बाट आंधीखोला स्याङ्जा ए र पर्वत, त्यसैगरि पोल बी बाट संखुवासभा र पुन क्लब सेमिफाईनलमा प्रवेश गरेका थिए। सेमिफाईनल खेल अन्तर्गत आंधीखोला स्पोर्ट्स क्लब ए बिरुद्ध पर्वत बिच भएको प्रतिस्पर्धात्मक खेलमा आंधीखोला स्पोर्ट्स क्लब एले पराजय भोग्नु पर्‍यो भने संखुवासभा बिरुद्ध पुन क्लब बिच भएको खेलमा संखुवासभा पराजित भए।

समयको अभावले फाईनल खेल वेष्ट अफ थ्रीको आधारमा खेलाईेएको थियो। फाईनल खेल पर्वत बिरुद्ध पुन क्लब बिच निकै नै प्रतिस्पर्धात्मक रुपमा अन्ततस् स्याङ्जा जनसेवा समिती हङकङद्वारा आयोजित नवौं खुल्ला पुरुष भलिबल कप पर्वतको पोल्टामा पर्न सफल भयो भने पुन क्लबले उपबिजेतामा नै चित्ता बुझाउंनु पर्‍यो।बिजयी घोषितसंगै पर्वतले प्रथम पुरुस्कार स्वरुप नगद हङकङ डलर ११,१११ (एघार हजार एक सय एघार), ट्रफी, मेडल र प्रमाण पत्र हात पारे भने उपविजेता पुन क्लबले पनि नगद हङकङ डलर ६,६६६(छ हजार छ सय छ्यासठ्ठी), ट्रफी, मेडल र प्रमाण पत्र हात पारेका छन।

यसैगरी महिला तर्फ बाग्लुङ बिरुद्ध पुन क्लब र घान्द्रुक बिरुद्ध स्याङ्जा आंधीखोला बिच भएको खेलमा पुन क्लबले बाग्लुङलाई र आंधीखोला स्याङ्जाले घान्द्रुकलाई पराजय गर्दै पुन क्लब र आंधीखोला स्याङ्जा फाईनलमा भिडेका थिए। फाईनल खेल २:० को स्कोरमा आंधीखोला स्याङ्जाले पुन क्लबलाई पराजित गर्दै नवौं स्याङ्जा कप आफ्नै पोल्टामा पार्न सफल भए। बिजयीसंगै आंधीखोला स्याङ्जाले नगद हङकङ डलर २,५०० ( दुई हजार पांच सय), ट्रफी, मेडल र प्रमाण पत्र हात पारे भने उपबिजेता पुन क्लबले पनि नगद हङकङ डलर १,५०० (एक हजार पांच सय), ट्रफी, मेडल र प्रमाण पत्र हात पारेका छन।

प्रतियोगितामा पुरुष तर्फ पुन क्लबका सुजन पुनले म्यान अफ द म्याचको उपाधी हात पारे भने पर्वत क्लबका सन्तोष गुरुङ्ले सर्वोत्कृष्ट खेलाडीको उपाधी चुमे।यसैगरी महिला तर्फ आंधीखोला स्याङ्जाका प्रभा गुरुङ म्यान अफ द म्याच घोषित भईन भने अन्तर( राष्ट्रिय खेलाडी अरुणा शाही सर्वोत्कृष्ट खेलाडी घोषित भईन।उपाधीसंगै सर्वोत्कृष्ट खेलाडीहरुले प्रमाणपत्र, ट्रफी र नगद प्राप्त गरे।यसैगरी प्रतियोगिताका रेफ्रीहरु याम गुरुङ, मन बहादुर गुरुङ, राजकुमार गुरुङ र बिकास गुरुङ्लाई पनि प्रमाण पत्र प्रदान गरे।

HK sports 1कार्यक्रममा, स्याङ्जा जनसेवा समिति हङकङका संस्थापक अध्यक्ष भक्त गुरुङको प्रमुख आतिथ्य र समितिका अध्यक्ष ईश्वर गुरुङको अध्यक्षतामा छोटो औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो भने प्रतियोगितालाई मुख्य प्रायोजक गर्ने दाताहरु एस आर कम्पनीका सञ्चालक तथा प्रबन्धक द्वय मोहन गुरुङ र ज्ञानेन्द्र थापा, सह प्रायोजक आंधीखोला स्पोर्टस क्लबका अध्यक्ष शंकर गुरुङ लगायत स्याङ्जा जिल्ला भित्रका बिभिन्न क्षेत्रिय समाजका अध्यक्ष तथा प्रतिनिधीहरुलाई अतिथिको रुपमा मञ्चमा आसिन गराएका थिए।

HK sports 2यसैगरी स्याङ्जा जिल्लालाई सञ्चार माध्यमद्वारा देशबिदेशमा चिनाउंन सञ्चार कर्मीको रुपमा परिचित जेपीटी एच के डट कमका कृष्ण कुमार गुरुङ, लक्ष्मण गुरुङ, हङकङ नेपाली डट कमका तुल्सी राना र समितिकै निवर्तमान प्रवक्ता मुककाजी (काजी) गुरुङलाई पनि अतिथिको रुपमा आसिन गराएका थिए र बिजयी टीम तथा खेलाडीहरुलाई समितिका अध्यक्ष ईश्वर गुरुङ, प्रमुख अतिथि तथा मुख्य प्रायोजक तथा सह-प्रायोजक लगायत अतिथिहरुले पुरुस्कार बितरण गरेका थिए।

स्मरण रहोस यस पटक स्याङ्जा जनसेवा समिती हङकङले नेपालबाट अन्तर्(राष्ट्रिय महिला भलिबल खेलाडी सुश्री अरुणा शाहीलाई आमन्त्रित गरेका थिए भने मकाउदेखी राष्ट्रिय स्तरका पुरुष खेलाडी नबीन थापालाई आमन्त्रित गरेका थिए।

HK 1यसैगरी कार्यक्रममा, हङकङ पुलिसकै ईतिहासमा (पोशाकमा) पहिलो पटक नेपालीको रुपमा प्रवेश गर्दै हङकङ पुलिस फोर्समा पाईला टेक्न सफल पहिलो नेपाली युवा (स्याङ्जाका) निरज गुरुङ्लाई समितिले खादा लगाई (Certificate of Appreciation) द्वारा सम्मान गरे। कार्यक्रमलाई भब्य तथा सभ्यका साथ सफल पार्न स्याङ्जाबासी तथा गैर स्याङ्जाबासीहरुले मन खुलेर लगभग हङकङ डलर १,३०,००० (एक लाख तीस हजार) आर्थिक सहयोग गरेका थिए र समितिका अध्यक्ष ईश्वर गुरुङले कार्यक्रमलाई सफल पार्न प्रत्यक्ष, अप्रत्यक्ष साथै मन खुलेर आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुलाई बिशेष धन्यवाद ब्यक्त गरे। यसैगरी स्याङ्जाको निमन्त्रणालाई सहर्ष स्वीकार गरेर नेपाल तथा मकाउबाट आमन्त्रित खेलाडीद्वय, कार्यसमिती, स्याङ्जाबासी लगायत खेलप्रेमी दाजुभाई तथा दिदीबहिनीहरुलाई बिशेष धन्यवाद ब्यक्त गरे।

२३ बैशाख २०७३, बिहीबार २०:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..