एकान्त पीडा

हो, प्रेम विवाह नै भन्नुप-यो । कुरा के भने मेरी पूर्वपरिचित एउटी महिला थिइन् । जहिले पनि मलाई ‘अब त विवाह गर्नुपर्यो भनेर जिस्काइरहन्थिन् । हुन त म पनि विवाह गर्न तयार नै थिएँ । एकप्रकारले ‘क्रोनिक ब्याचलर’ भने पनि हुने खालको । नेपालको वर्तमान स्थितिमा विवाह नगरी ३२ वर्ष पुग्नु सानोतिनो कुरा होइन । म निक्खर कालो रङको मान्छे, जात पनि अलि सानै खालको । तर स्नातकसम्म पढिसकेकाले टोलछिमेकमा मेरो राम्रै इज्जत थियो । एउटा ठीकैको जागिर पनि थियो । जागिर पनि खाएर अविवाहित रहन कसले दिने ? तिनै भद्र महिला लगातार आइरहन थालिन् ।

‘रुद्र ! तिमीले भनेजस्तो शीलस्वभावकी एउटी केटी मेरो हातमा छे, विवाह गर्ने भए भनिहाल । अर्काको हात परिसकेपछि फेरि कुरा गर्न पाइन्न नि !’

‘हुन्छ भाउजू ! हजुरले ठीक छ भनेपछि मैले के हेर्नुपर्ला र ?’सोझो मनले भनेँ मैले ।

एकदिन भाउजू नयाँ आकर्षक योजना लिएर आइन् ।

‘रुद्र भाइ मैले केटीलाई तिम्रोबारे सबै कुरा बताइदिएकी छु । केटीको उमेर पनि ३० वर्ष तिमीहरुको रुचि पनि मिल्छ, दुवै जना बी. ए. पास । उसको त नामै रुचि, ऊ विराटनगरमा बस्छे । तिमी भोलि नै यहाँबाट विराटनगर उड । विमानस्थलमा ऊ आफैं तिमीलाई लिन आउँछे । २–४ दिन उतै बस र निर्णय गरेर आऊ । केटी सुन्दर छे, तिमी मक्ख पर्नेछौं ।’

मलाई हेरिहालूँ न त भन्ने लाग्यो । सहुलियतमा एउटा विमानको टिकट मिलाएर विराटनगर गएँ म । नभन्दै विमानस्थलमा एउटी राम्री आइमाईले मलाई ‘नमस्ते सर !’ भनी । मैले सोचेँ, यही हुनुपर्छ रुचि । नामअनुसारको पहिरन पनि थियो । उसको हलुका गुलाफी रङको सारी, त्यस्तै त्यस्तै ब्लाउज र त्यही रङको ओठको रङ । मलाई त ऊ देख्नासाथ मन प¥यो । रुचिको घरमा म ज्वाइँजस्तै भएर बसेँ । मजस्तो अलि सानो जातको नेवारमा पनि पानी नचल्ने जस्तो मान्छेलाई उनीहरुको व्यवहार निकै राम्रो लाग्यो । मैले बुझ्नै सकिनँ, किन यस्तो भएको हो ? रुचिमा के कमी छ र विवाहका लागि उसका आफन्तहरु आत्तिएका ? मलाई त केही थाहा भएन तर लाग्यो यस्ती केटी उम्काउनु हुन्न । मैले ‘हुन्छ’ भनिदिएँ । विराटनगरबाट सोझै भाउजूलाई ट्रङ्कलमा स्वीकृतिका केही सुन्दर वाक्यहरु बोलेर म काठमाडौं फर्कें । जसलाई तपाईंहरु ‘प्रेम’ भन्नुहुन्छ त्यस्तो केही होइन । त्यही एक दुईपल्ट जोगवनी सिनेमा हेर्न गइयो । कहिलेकाहीँ हात छोइयो होला । दुई चारवटा औपचारिक कुराकानी भए होलान्, त्यही भयो प्रेम ।

रुचिका आमा, बा दुवैले हामी दुईका बीच प्रेम भएकोले विवाह नगरी नहुने, जातपात नहेरेको कुरा गर्न थाले । मलाई पनि केको अप्ठ्यारो प¥यो र भनिदिएँ– ‘यस्तो प्रेम विवाहमा म त ससुरालीबाट केही लिन्नँ, खालि वरमाला भए पुग्छ ।’ हुन पनि त्यस्तै भयो । सात दिनभित्रमै उनीहरु आए र स्वयम्भूमा विवाह भयो हाम्रो । मैले एउटा चार आनाको औंठी लगाइदिएर काम चलाएँ । साह्रै थोरै खर्चमा शुभविवाह सम्पन्न भयो ।
भनसुन गरेर एउटा हवाईजहाज संस्थानमा जागिरे पनि भई रुचि । ऊ आफैं स्मार्ट । मान्छेलाई हात लिन त सबैले ऊसित सिके हुन्छ । कार्यालय राम्रै पाई र थोरै समयमा आफ्नो रवाफ पनि राखी त्यहाँ उसले ।

बिस्तारै हाम्रो झगडा सुरु भयो । विस्तारै ऊ मबाट टाढिदै गई । आफ्नो कार्यालयको निर्देशकसँग ऊ बराबर घर आउने–जाने गर्न थाली । कैयौं पाइलट, को–पाइलटसँग बसउठ हुन थाल्यो उसको । अन्त्यमा त्यो झगडा बढ्दै गएर कैयौं महिनासम्म हाम्रो बोलचालसम्म हुन छाड्यो । उसले भित्रभित्रै मलाई घृणा गर्न लागेजस्तो मलाई लाग्यो । यौनचाहिँ आखिर तृप्ति हुनु नै थियो । ऊ मलाई जति नै घृणा गरे पनि करिब महिना दिनजतिमा यौनवेगले तात्तिएर मेरो पलङमा सुत्न आउँथी । त्यसको भोलिपल्टदेखि नै ऊ मलाई घृणा गर्न थाल्थी ।

शेक्सपियरले कतै लेखेका पनि छन्– ‘आई लभ एण्ड आई हेट ।’ मेरो काम चलिरहेकै थियो । कुनै गुनासो पनि थिएन । यसरी निश्चित समयमा एउटा छोरो जन्म्यो अभिषेक र त्यसकै एक वर्षपछि छोरी अभिधा । दुईलाई बोडिङमा भर्ना गरिदियौं हामीले । दुवै युनिफर्ममा ठाँटिएर स्कूल गएको म हेरिरहन्थेँ । मलाई लाग्थ्यो, पारिवारिक सुख भनेको यही हो । मैले जिन्दगीसँग धेरै गुनासो गर्नु हुन्न । मेरा दुई आँखासरह थिए तिनीहरु । तर रुचिको दिनचर्यामा भने निकै ठूलो परिवर्तन आउन थाल्यो । ऊ धेरैजसो बाहिर नै रात बिताउन थाली । पाइलटहरुसँग लागेर कहिले बैङ्कक, कहिले हङकङ र कहिले बम्बई, दिल्लीमा रात बित्न थाल्यो उसको । बिहान घरमा आउँदा पनि ऊ रक्सी लागेर लर्खराउँदै ट्याक्सीबाट ओर्लन्थी र दिनभर सुत्थी । मैले नै छोराछोरीलाई ख्वाएर पठाउनुपथ्र्यो । तिनीहरुलाई असाध्यै माया पनि गर्थें म । तर यो क्रम ज्यादै बढ्न थालेपछि हाम्रा बीचमा वाक्युद्ध सुरु भयो । मलाई पनि अत्ति नै जङ चलेर आउन थाल्यो ।
मैले स्पष्ट भनिदिएँ– ‘यो घरमा बस्न मन छैन भने उतै बसे पनि हुन्छ, यहाँ आउन पर्दैन । म आफ्ना छोराछोरीसँग एक्लै बसुँला ।’

‘ऊ चुप लाग्थी र मलाई जीउ सुम्पेर सन्तुष्ट पार्थी । म फेरि चुप लाग्थेँ । एक दिन भनी– ‘मैले यो सब ओ.टी. परिवारकै लागि गरेको । यस्तो थोत्रो घरमा कति बस्ने ? तिमी पनि आफ्नो अफिसबाट जे जति पैसा आउँछ निकाल । मसँग पनि १–२ लाख छ । महाराजगन्जमा नयाँ बंगला बनाउनुपर्छ ।’
मलाई असाध्य राम्रो लाग्यो, उसको विचार । अफिसबाट सञ्चयकोष, घर–सापटी सब निकालेर करिब दुई लाख उसको हातमा राखिदिएँ । रुचि आफैंं घर बनाउन थाली । एउटा ठीकैको राम्रै बङ्गलामा हामी स¥यौं । यसरी हाम्रो प्रगतिको द्योतक थियो त्यो नयाँघर । आधुनिक डिजाइनको नयाँ उत्कर्ष । तर नयाँ घरमा सरेपछि झन् हाम्राबीच ठ्याम्मै सम्झौता हुन सकेन । ऊ आफ्ना ‘यार’ हरु लिएर घरमै आउन थाली र मध्यरातसम्म त्यहाँ होल्हला, पार्टी जम्न थाल्यो । म एउटा कोठामा ढोका लगाएर पढेर बसिरहन्थेँ, ऊ भने आफ्ना अफिसका साथीहरुको स्वागत–सत्कारमा जुटिरहन्थी ।

बिस्तारै उसका आँखामा मप्रति अथाह घृणा देख्न थालेँ । त्यो घृणा यति प्रवल थियो कि म उसको आँखा र ओठतिर हेरेर भित्रभित्रै थरर्र काम्दथें । मैले आजसम्म कुनै स्वास्नीमान्छेको आँखामा त्यति प्रबल घृणा देखेको थिइनँ । पहिला–पहिला महिना दुई महिनामा मेरो पलङमा आफैँ घुसेर मेरो यौनावेग शान्त तुल्याउने रुचि अब पटक्कै आउन छाडी । मेरो मन पनि एकदम तर्सन थाल्यो । मेरो मानसिकता पनि एकदमै बिग्रेर गयो । म विवश भएँ आफूलाई रक्सीको कालो आगोमा होमेर भुल्याइरहन ।

रुचिको आँखाको प्रचण्ड घृणाबाट भित्रभित्र मलाई के लाग्न थाल्यो एकदिन जरुर उसले मेरो हत्या गर्ने छे । छोरो अभिषेक र छोरी अभिधा भने बैङ्कक, हङकङका नयाँ नयाँ लुगा लगाएर भिडियो गेम खेलेर प्रसन्न र सुखी जीवन बिताइरहेका थिए । यता म भने सधैं आफूलाई त्यो हत्याबाट कसरी जोगाउने भन्ने उपाय मात्र सोच्न थालें । हाम्रो यो शीतयुद्ध निकै दिन चल्यो । रात र्प¥यो कि म त्रसित हुन पुग्थें । यदि मैले ढोकाको चुकुल लगाइनँ भने मेरो हत्या हुनेछ भन्ने कुरामा म यतिसम्म विश्वस्त हुन्थें कि राति उठेर धेरैपल्ट ढोकाको छेस्किनी छामिरहन्थें । बिहान उठेर मलाई बचाउने छेस्किनी हो भन्ने लाग्दथ्यो र म एक्कसि भावविह्वल भएर त्यही छेस्किनीतिर हेरेर बसिरहन्थें । त्यसलाई सुमसुम्याइरहन्थें र त्यो बिग्रेको छछैन दिनभर ढोका लगाएर जाँचिरहन्थें । राति सुतिरहेकै बेला कहिलेकाहीं के लाग्थ्यो भने आज मैले ढोकाको छेस्किनी लगाउन नै बिर्सेछु, अब फेला परियो । अनि म झटपट उठेर छेस्किनी लगाउन दौडन्थें र अँध्यारोमै छेस्किनी छामिरहन्थें र ढुक्क हुन्थें ।

एक दिन त्यसरी नै ढोकाको छेस्किनी बलियोसँग लगाउने कोसिस गर्दागर्दै छेस्किनी नै भाँचियो । अब बाहिरबाट अलिकति धकेल्यो कि ढोका खोलिने भयो । रात परेपछि आफूलाई मर्नबाट जोगाउन असम्भवजस्तै देख्न थालें । यदि केही गरी उसले अथवा कुनै उसका मान्छेले मार्न झट्ट आउन नसक्ने गर्न म एउटा ठूलो गरुँङ्गो कुर्सी ढोकामा अड्याइदिन्थें । यसो गर्दा अलिकति भए पनि बच्न सकिन्छ भन्ने सोचाइमा डुबिरहन्थें । यस्तो बेला ओछ्यानको वरपर गलबन्दी या यस्तै केही चीज छ कि भनेर म खोजिरहन्थें र त्यस्तो चीज पाइएमा झ्यालबाट बाहिर फालिदिन्थें । बिस्तारै मलाई के लाग्न थाल्यो भने उसले मलाई गलबन्दीले बेरेर मार्न सक्छे अथवा भान्छाबाट ल्याएर चुलेसीले रेट्न सक्छे । त्यसैले ती सारा चीज नभेट्ने गरी लुकाइसकेपछि मात्र म कोठामा पसेर ढोका ढक्काउँथें र रातभरि सतर्क रहेर सुत्ने गर्थें । धेरैजसो आफैंले दाह्री काट्न राखेको ब्लेडबाट आफूलाई जोगाउन पुराना ब्लेडहरु खोजिरहन्थें जम्मा गरेर बाहिर फाल्न ।

धेरै दिन यसरी बिते । रुचि आफ्नै पाराले त्यो घरभरि जीवन बिताइरहेकी थिई मानौं म त्यहाँ कहीँ कतै थिइनँ । मानौं मेरो त्यहाँ कुनै अस्तित्व छैन । अब यस्तो परम्परा जसरी भए पनि भत्काउनैपर्छ भन्ने मलाई लाग्न थाल्यो । यसरी डराएर कहिलेसम्म बाँच्ने मैले ? म आफ्नो पुरानो टोलमा गएँ र आफ्ना केही आफन्तहरुलाई लिएर फर्कें । उनीहरुलाई मैले आफ्नी स्वास्नीका विषयमा यावत् कुराहरु बताएको थिएँ । मेरो अब एउटै इच्छा के थियो भने संवाद हुनुप¥यो, एउटा निक्र्योल हुनुप¥यो । यसरी कहिलेसम्म बस्ने मैले ?

१५–२० जना भद्रभलादमीको बीचमा हाम्रो चर्को वार्तालाप सुरु भयो । मैले भनें– ‘रुचि ! तिम्रो र मेरो रुचि बग्ेलाबेग्लै छ । हामी एकै ठाउँ बस्न अब असम्भव छ । मलाई तिमीसँग बस्दा जहिले पनि आफ्नो हत्या हुन्छ कि भन्ने डर लागिरहन्छ । आजसम्म तिमीले जे जति चर्तिकला देखायौ त्यसका लागि ‘क्षमा’ भनेँ र मैले क्षमा नै दिएँ भने त्यो ‘क्षमा’ शब्दकै अपमान हुन्छ । अब तिमी नै निर्णय गर हामीले के गर्न ?’

उसले अत्यन्त संयमित भएर मतिर हेर्दै नहेरी भनी– ‘यी दुवै छोराछोरी तिम्रा होइनन् । उनीहरु तिमीसँग बस्न तयार पनि छैनन् । यो घर पनि तिम्रो होइन । तिमी यहाँ किन बसिरहेको ? तिमी जहाँ जान मन लाग्छ जाऊ । ‘म त झसङ्ग भएँ । जुन केटाकेटीलाई हुर्काउन मैले रात भनिनँ, जुन केटाकेटीलाई ज्वरो आएमा मैले रातभरि बोकेरै अस्पताल पु¥याएँ, जुन केटाकेटीका लागि म बाँचिरहें, जसको चोखो माया र स्नेहमा आफूलाई भुलिरहें, या संसारलाई भुलिरहें, त्यही मेरो होइन भने अब यो संसारमा केचाहिँ मेरो हो त ? तर मलाई रुचिको भनाइमा अलिकति पनि विश्वास लागेन । यो खालि केटाकेटीको मायाले गर्दा मलाई तिनीहरुबाट अलग गर्न उसले चाल चलेकी हो ।

म जुरुक्क उठें, छोराछोरी दुवैलाई भित्र कोठाबाट बोकेर बाहिर ल्याएँ र म्वाइँ खान थालें । दुवै जना मेरो अँगालोबाट फुत्कन निकै बल गर्न लागे र दुवैले घृणाले मलाई मुखभरि थुके । दुवैलाई के थाहा भइसकेको रहेछ भने उनीहरुको पूर्ण रक्षा र सुख आमासँग लाग्नुमा नै छ । आमाले जस्तो अधुनातन जीवन म कदापि दिन सक्दिनँ । दुवैले एकै स्वरले भने– ‘यस्तो पागल बूढोसँग को बस्छ ? हामी आमासँगै बस्ने ।’

ओहो ! म त अहिलेसम्म खालि यिनीहरुलाई स्याहार गर्ने एउटा बूढो, पुरानो नोकर मात्र रहेछु । मेरो हैसियत त्योभन्दा बढी केही रहेनछ । रुचिले प्रस्टै भनी– ‘तिमीलाई नराम्रो लाग्ला तर सुन । यी दुवै तिम्रा कोही होइनन्, यी त क्याप्टेन पी. आर. सरका केटाकेटी हुन् । एक दिन तिमीलाई सारा कुरा भनुँला भनेकी थिएँ, अहिले उपयुक्त मौका पनि आयो । म फेरि भन्छु, तिमी यहाँ किन बसिरहेको ? तिम्रो यहाँ के छ र ! तिमी यहाँ के पर्खेर बसिरहेको ?’

हो त म त्यहाँ के पर्खेर बसिरहेको ? मेरो यहाँ को छ र ? भन्ने नै मलाई लागिरह्यो । त्यसपछि म आफ्नै पुरानो भत्किन लागेको घरमा फर्कें र एक्लै बाँचिरहें । अहिले पनि त्यो प्रेम–विवाह सम्झेर मलाई असह्य दुःख लाग्छ र कसैले स्पष्ट गरेर मधुरो आवाजमा भनिरहेझैं लाग्छ सम्झाइरहेझैं लाग्छ– ‘तिमी यहाँ किन बसिरहेको ? तिम्रो यहाँ को छ र ?’

२१ बैशाख २०७३, मंगलवार २१:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न..

रुकुम घटनाले गरेको दिशानिर्देश र केहि सन्देश !

छुवाछुत एक किसीमको सामाजिक कुरीति हो। यो निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथाका..

१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू, नमस्कार । राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु..

‘विदेशी मुद्राको बचत गर्न विद्युतीय गाडीमा भन्सार बढाउनु परेको हो’

काठमाडौँ, १९ जेठ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनमा..

असार १ बाट पठनपाठन सूचारु गर्न आह्वान

काठमाडौँ, १८ जेठ । आगामी असार १ गतेदेखि विद्यालयमा पठनपाठन सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि..