नेजाका संस्थापक पत्रकार गुणराज लुईटेलद्वारा संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

भर्जिनिया । नेपाल अमेरिका पत्रकार संघ (नेजा)का संस्थापक कोषाध्यक्ष पत्रकार गुणराज लुइँटेलले लसएन्जलसमा आगामी साता आयोजना हुने पाँचौ महाधिवेशन तथा १० औं साधारण सभाले चयन गर्ने नयाँ नेतृत्व अन्तर्गत अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् ।

अध्यक्ष पदका दावेदार पत्रकार लुइँटेल नेपालमा रहंदा मूलधारको पत्रकारितामा स्थापित थिए भने उनले नेपाली मूलका अमेरिकन पत्रकारहरुको हितका लागि नेपाल अमेरिका पत्रकार संघ (नेजा) स्थापना गर्ने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै पहिलो सम्मेलन पेन्सलभानियाको हयारिसवर्ग नगरमा सम्पन्न गरेका थिए । लुइँटेल संचार र समाचार मार्फत नेपाली अमेरिकनको समाजिकिरण अभियानमा क्रियाशील नेपाल ट्वान्टी फोर आओर्सका अतिथि सम्पादकका रुपमा अमेरिकी भूमिमा पत्रकारितामा क्रियाशील रहँदै आएका छन ।

अध्यक्ष प्रत्याशी लुइँटेलले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारितामा क्रियाशील भएकै कारण अनाहकमा ज्यान गुमाएका पत्रकारहरुप्रति श्रद्धान्जली अर्पण गर्दै नेजाको आसन्न पांचौं महाधिवेशन तथा १० औं साधारण सभाले नेपाली मूलका सवै पत्रकारहरुलाई नेजामा अटाउने बाटो तय गर्ने बताउदै यसका लागि पत्रकारको संगठन मातृभूमिको राजनीतिबाट टाढा रहनु पर्ने र यसको लागि आफुले नेतृत्व गर्ने अवशर पाए त्यसको लागि सार्थक पहल गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।

स्थापना कालदेखि नै मूल प्रवाहमा संलग्न रहंदै आएको र सदैव नेजाको विकासमा सक्रिय सहभागिता जनाउदै आएको भन्दै उनले उम्मेदवारी दिएका छन् । उन्ले नेजालाई पाश्चात्य पत्रकारितासंग घुलमिल गराइ नेपाल र नेपाली पत्रकारितालाई अमेरिकी पत्रकारिताको मूलप्रवाहमा परिचित गराउन, नेजा भित्र र विविध कारणले बाहिर रहनु भएका साथीहरुलाई समेटेर उदार भावनाले एकतात्मक वातावरण सिर्जना गरी क्लवको अवधारणा विकसित गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

उनले अगाडी भनेका छन, नेजा जाका सदस्यता र संगठनलाई चुस्तदुरुस्त पार्न, नेपालमा भएका पत्रकार र नेपाली पत्रकारितासंग अझ गाढा साइनो जोड्न, नेजाको कोष सुदृढ गर्न, नेजालाई आम संचारको अन्तरराष्ट्रिय गैर सरकारी अभियानमा सामेल गराउन आफ्नो मूल मुद्धाह हुन ।’

उनले भनेका छन, ‘योग्य साथीहरुलाई सम्मान प्रदान गर्न, नेजा स्थापनाका आधारभूत मान्यतालाई पुनर्ताजगी गर्न र सच्याउनु पर्ने कामलाई सुधार्न म प्रतिबद्ध छु ।’

विगत २९ बर्षदेखि पत्रकारिता र लेखन पेशामा संलग्न रहंदै आएका लुइँटेल अमेरिकी भूमिमा समेत निरन्तर संचार, भाषा र साहित्यको विकासमा संलग्न रहँदै आएका छन् ।

पत्रकार लुइँटेलले २०४४ सालमा दैनिक समाजबाट पत्रकारितामा प्रवेश गरे यता एभरेष्ट मासिक, पिपुल्स रिभ्यू अंग्रेजी साप्ताहिक, संरचना साप्ताहिक, प्रजातन्त्र साप्ताहिक, द कमनर अंग्रेजी दैनिक, विमर्श साप्ताहिक, कान्तिपुर दैनिक, लोकपत्र दैनिक, छानवीन साप्ताहिक, रेडियो नेपाल, स्पन्धन मासिक, सगरमाथा टेलिभिजन (अमेरिका),चार र समाचार मार्फत नेपाली अमेरिकनको समाजिकिरण अभियानमा क्रियाशील नेपाल ट्वान्टी फोर आओर्स लगायतका मिडियासंग सम्बन्धित भएर काम गरिसकेका छन ।

लुइँटेलले रिपोर्टिङ, सम्पादन, स्तम्भ लेखन तथा साहित्य लेखन मै जीवनको धेरै भन्दा बढी समय लगानी गरेका छन् । नेजाको वृहत्तर विकासको लागि आफू नेतृत्वमा नहुंदा पनि उत्तिकै सक्रिय क्रियाशील रहँदै आएका उनले पत्रकारहरुको साझा संस्थालाई दह्रो बनाएर लैजान समय र क्षमता खर्चिन चाहेको बताएका छन ।

लुइँटेलले २०४७ मा नेपाल पत्रकार महासंघको केन्दीय परिषद सदस्य, २०५१ मा नेपाल श्रमजीवी पत्रकार संघको संस्थापक महासचिव ,अमेरिका नेपाल पत्रकार संघको संस्थापक कोषाध्यक्ष, अध्यक्ष जर्नालिष्ट अगेन्स्ट एड्स इन नेपाल, नेपालमा विभिन्न साहित्य सम्वद्ध संस्थासंग आवद्ध रही काम गरिसकेका छन् ।

भोजपुरमा सन् १९६९ जन्मिएका लुइँटेल अमेरिकाको भर्जिनिया राज्यमा परिवार सहित बसोबास गर्दै आएका लुइँटेल हाल अमेरिकी सरकारको फेडेरल डिपार्टमेण्ट होमल्याण्ड सेक्युरिटीमा सूचना तथा प्रविधि विशेषज्ञको रुपमा कार्यरत छन् ।

लुइँटेलले पत्रकारितामा स्नातक, समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर तथा बिएलसम्मको अध्ययन तथा अमेरिकाको कार्नेगी मेलन बिश्व बिद्यालय बाट (सीएमयु) बाट सूचना प्रबिधिमा प्रमाणीकरण पाठ्यक्रम विषयमा समेत स्नातक तहको अध्यन गरेका नेपाली संचार क्षेत्रमा निरन्तर क्रियाशील मुलधारमा क्रियाशील अगुवा पत्रकार हुन ।

नेपाली अमेरिकनको अमेरिकी मुलधारमा सामाजिकीकरणका लागि निरन्तर लेखन र सामाजिक अगुवाका रुपमा क्रियाशील लुइँटेल अमेरिकामा नेपाली समुदायको उत्थानका लागि नेपाली भाषाको पत्रकारिताको विकासका लागि समर्पित व्यक्तिका अतिरिक्त नेपाली मुलका अमेरिकी पत्रकारहरुलाई माया गर्ने व्यक्तिका रुपमा समेत परिचित छन । यस अघि नेजाका महासचिव भोला आचार्यले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन ।

२१ बैशाख २०७३, मंगलवार २१:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..