म भन्दिन सवै काँग्रेसजनको ल्याकत ठिक छ: महामन्त्री कोइराला

लसएन्जलस । अमेरिका भ्रमणमा रहनुभएका नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले राष्ट्रियता, प्रजातन्त्र, समाजवादकै मार्गदर्शक सिद्धान्तबाट समृद्ध नेपालको तस्बिर दुनियाँले देख्ने उद्घोष गर्नु भएको छ । हामि र हाम्रो दल सुध्रिए मुलुक सुधिन्छ भन्दै आफुसंग समृद्ध नेपाल निर्माण गर्ने योजना र विचार भएको उद्घोष गर्नु भएको हो । जनसम्पर्क समिति दक्षिण क्यालिफोर्निया च्याप्टरका सभापति मदन पाठकको सभापतित्वमा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा महामन्त्री कोइरालाले यस्तो उद्घोष गर्नु भएको हो ।

महामन्त्री कोइरालाले भन्नु भयो, ‘अन्यौलको भुमिरिमा पारे नेपाल राष्ट्रलाई छोटे राजाहरुले तर मेरो भनाई महामानव बिपी कोरालाले देखाएको समृद्ध र समुन्नत प्रजातन्त्र सहितको नयाँ नेपाल निर्माण गर्ने बाटो खोजौ भन्ने हो नमान्ने अतिवादीहरु ठेगान लाग्छन, म भन्दिन सवै काँग्रेसको ल्याकत ठिक छ ।’

स्वतन्त्रता सेनानी गणेश बहादुर कार्कीलाई सम्मान गर्दै उहाँले थप्नु भयो, ‘प्रवासी नेपाली मातृभूमिको शक्ति हो तर नेताको झोला बोक्ने भरिया कति दिन हुने ? सक्नु हुन्छ विचार दिनुहोस मातृभूमिलाई । बिन्ति छ, नसके पैसा नदिनुहोला काँग्रेसलाई ।’

सल्लाहकार उर्मिला पंजियारले स्वागत, महासचिव गंगा बस्नेतले संचालन, महाधिवेशन प्रतिनिधि हेमराज भट्टले कार्यक्रम जानकारी दिएको स्वागत समारोह सभापति मदन पाठकको सभापतित्वमा सम्पन्न भएको थियो ।

२० बैशाख २०७३, सोमबार १५:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..